Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अब यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकको घर बाहिर लैजान नपाइने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय गरेको हो । साथै यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय पनि भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् । उनका अनुसार बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सहसचिव तारादत्त भट्टलाई नेपाल प्रत्ययन केन्द्रको कार्यकारी निर्देशक पदमा कामकाज…
काठमाडौँ: नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो। यो तापक्रम यसपालिकै सबैभन्दा बढी रहेको मौसमविद सरोज पुडासैनीले बताए। पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो। शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। अघिल्लो दिन (जेठ ११ गते) नेपालगन्जको तापक्रम ३८.८ डिग्री सेल्सियस थियो। त्यसपछि…
काठमाडौँ:संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजित राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा शुक्रबार संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे। त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको हो। सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको…
काठमाडौँ: गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ। बुधबारको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव छन्। समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। जेठ १५ गतेको बजेट भाषणमा पनि…
काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अब नयाँ ढाँचामा निर्माण हुने भएको छ भने बहुप्रत्यक्षित फ्लड लाइट पनि नयाँ आवबाट काम अघि बढ्ने भएको छ । अबको ४/५ महिना घरेलु मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुने भएकाले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीको काम अघि बढाउने तयारी भएको छ। यो समयलाई सदुपयोग गर्दै क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मन्त्रालय मिलेर काम गर्दैछन्। त्यसकै लागि बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायत मन्त्रालय र राखेपका कर्मचारीले मैदान निरीक्षण गरेका थिए। मन्त्री श्रेष्ठ र सदस्यसचिव घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ब्रिफिङ गराएका थिए। अहिले…
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई पनि टी–२० विश्व कप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो। नेपाली टोली अमेरिका पुगिसकेको छ। तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन्। टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो। यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन। फेरि सामाजिक सञ्जालमा…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ। बिहीबार बिहान उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री दाहालसँगको कुराकानीमा अध्यक्ष नेपालले आफू अहिलेकै समीकरणमा प्रतिबद्ध रहेको र मधेसमा पनि अहिलेकै गठबन्धनकै सरकार बन्ने बताएका थिए। अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे राखेको छलफलमा सहभागी भएका थिए। उक्त छलफलमा देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।सुदूरपश्चिममा एकीकृत…
काठमाडौँ । संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ । यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयकको दफा नौ मा बैठकमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपुरक मानिनेछ भन्ने उल्लेख छ । बैठकले परिषद्मा कुनै विषयमा सर्वसम्मत हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था पनि उल्लेख छ ।…
काठमाडौं: वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ ।नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ ।खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताउनुभयो ।‘खोला तथा नदीमा पानीको…
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको छ । वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको भन्ने छ तर यसबारे प्रहरीले एकिन जानकारी आइनसकेको बताएको हो । ०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको…