काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ ।
आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आएतबार सुन प्रतिऔंस सुन २ हजार ३२० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५४ पैसामा कारोबार भइरहेको छ ।
