Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन्। उनलाई अब अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका वकिल रमण कर्णले बताए। ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने। उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन्। उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम हाजिर जमानीमा छोडिएको हो। उक्त संहिताको दफा १५ मा भनिएको छ- अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी…
काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा परेको हो। दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो। उक्त कारमा दुई महिला, दुई पुरूष र एक बालिका सवार थिए। उनीहरूको उपचारका लागि अस्पताल लगिएको थियो। दुई महिलालाई सरकारी अस्पताल लगिएको छ।
सिन्धुपाल्चोक: प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । बुधबार चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । ‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’ उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए । ‘प्रदेश सरकारको…
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले चैत २५…
काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले आजको दिनलाई विशेष मान्छन्। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि…
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताए । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पु¥याउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उनले गरे । । सुक्खायामको मागलाई सम्बोधन गर्ने…
काठमाडौँ:सरकारले आलु आयातमा भन्सार बढाएको छ। हाल १० प्रतिशत लाग्ने आलुमा १५ प्रतिशत लाग्ने व्यवस्था गरेको छ। खबटा सहितको काजुमा १५ प्रतिशत कर लाग्दै आएकोमा १० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। मसलामा २० प्रतिशत लाग्दै आएकोमा ३० प्रतिशत पुर्याउने भएको छ। पकेट लाइटरहरू, ग्यास इन्धनयुक्त, पुनः ग्यास भर्न नमिल्ने लाइटरमा १५ प्रतिशतबाट एकै पटक ३० प्रतिशत पुर्याइएको छ। टेबुलका सामग्रीहरु र भान्साका सामाग्रीमा १५ प्रतिशत लाग्दै आएकोमा २० प्रतिशत पुर्याइएको छ। पोर्सेलिन वा चाइना बाहेकका सेरामिकका टेबलका सामाग्रीहरु भान्सका सामग्री, अन्य घरायसी सामग्री, स्नानघरका सामग्रीहरुमा १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ। विद्युतका सिल्ड विम ल्याम्प युनिटहरुमा १५ प्रतिशत रहेकोमा २०…
काठमाडौँ:सहकारी समस्याबारे अध्ययन गर्न ७ सदस्यीय संसदीय छानबिन समिति बनेको छ। प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति घोषणा गरिँदै छ। समितिको कार्यावधि ३ महिना हुने भएको छ। समितिको सभापति नेकपा एमालेका अध्यक्ष सूर्य थापा चयन भएका छन्। समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकले समिति घोषणा गरेको हो। संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि प्रतिनिधि सभाको बेग्लै बैठक बसेको थियो। सोमबार बेलुका साढे…
काठमाडौँ, १५ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको (२०८१/८२) बजेटमार्फत मदिरामा कर बढाएको छ । ह्विस्की, भोड्का, जिन र रममा ६० रुपैयाँसम्म कर बढेको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको यस्ता चिजमा कर ६० रुपैयाँसम्म बढेको छ । वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका छन् । यो साबिकको दर भन्दा ६० रुपैयाँ बढी हो । यस्तै ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० रुपैयाँ पुगेको छ भने ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ४० रुपैयाँ बढेर १२९०, ३४.२३ प्रतिशत अल्कोहल भएकोमा २० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको छ । यता, २८.५३ प्रतिशत अल्कोहल…