Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २८ पुस : खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाँैमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । उहाँले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गर्नुभयो । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिनुभयो । मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै…

Read More

काठमाडौँ, २९पुस : सहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताउनुभएको छ । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा मन्त्री गुरुङले भूकम्प पश्चात्का पुनः निर्माणका साथै भौतिक संरचना निर्माण गर्दा भूकम्पीय जोखिम कम हुने किसिमले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्पूर्ण इञ्जिनियरका साथै प्राविधिक क्षेत्रका जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । मन्त्री गुरुङले प्राविधिक क्षेत्रका कानुन तथा मापदण्डको कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गरी दिगो विकासलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो…

Read More

काठमाडौँ: सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

Read More

काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा काठमाडौँ महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन् । सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ । शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि सेतो पहरा भन्ने…

Read More

दाङ: दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो । प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो। उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनि अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु रहेको र २३ जना…

Read More

काठमाडौं: राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतले आर्थिक वृद्धि भएको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोधी अवधिको तुलनामा कुल गार्हस्थ उत्पादन स्थिर आधारभूत मूल्यमा ३.२ प्रतिशतले वृद्धि हुने अनुमान सार्वजनिक छ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतले आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयको पहिलो त्रैमासको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार आर्थिक वृद्धि गर्न कठिन हुने देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीच तुलना गर्दा सबैभन्दा बढी खानी तथा उत्खननको कुल मूल्य १५.८ प्रतिशतले बढ्ने…

Read More

इलाम:: इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । रोङ –१ शिरिसेका पदम राईले आठवटा आधुनिक घार र १७ वटा परम्परागत मुडे घारमा मौरीपालन गर्नुभएको छ । उहाँले आधुनिक एक घार बराबर एकपटकमा दश केजी र एउटा मुडे घारबाट तीन केजी मह उत्पादन गर्दै आउनुभएको छ । वर्षमा दुईपटक मह काढ्ने गरेको उहाँले बताउनुभयो । “चैत, वैशाखमा र…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक…

Read More

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (शुक्रबार) इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। यसपछि भोलि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ। राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म चुनाव हुँदै छ। त्यसका लागि गत सोमबार सातै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्। मतदानका लागि सा प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएका छन्। निर्वाचनबाट प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य चयन हुनेछन्। आगामी फागुन २० गते…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्ममा वैदेशिक रोजगारीमा गएका नेपालीले उक्त रकम नेपाल पठाएका हुन । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.६ प्रतिशतले धेरै हो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख…

Read More