Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सल्यान:  सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न शुरु गरिएको हो । एक किलो शंखे कीरा संकलन गरेबापत रु ५० दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ । आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ…

Read More

काठमाडौँ : करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हँुदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ । कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको…

Read More

काठमाडौँ: उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आजदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “प्रशिक्षणले सडक सभ्यताको विकास हुनाका साथै सडक दुर्घटनामा कमी आउनेछ”, उनले भने । महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ…

Read More

पेरिस: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो । यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही…

Read More

काठमाडौँ: आर्थिक वर्ष सकिनै लाग्दा देशभर विकासका गतिविधिले गति लिने गरेको छ । यसरी वर्षासुरु भएसंगै विकास बजेट खर्च हुँदा विकास निर्माणका गुणस्तर कस्तो रहला ? यतिबेलाको निर्माण भएका पूर्वाधारमा बालुवामा पानी जस्तै हुने गरेको छ । असारमा बनाइएका पूर्वाधारहरु एक महिना नपुग्दै बिग्रने गरेको यथार्थ हामी सबैले देख्दै भोग्दै आएका छौँ । यो आर्थिक वर्ष पनि विकास निर्माणको कम गत बर्षस्तै भएको छ । चालू आर्थिक बर्षको अन्तिम एक सातामा १० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च भएको छ । एक सातामा दैनिक लगभग पाँच अर्वबढी विकास बजेट खर्च हुनेगरेको महालेखा नियन्त्रक कार्यालयको दैनिजेटरीक विवरणले देखाउँछ । असार २३…

Read More

काठमाडौँ: बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा छ । अभिनेता रणबीर कपूरको यो फिल्मले वर्ल्ड वाइड पाँच सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय बढी गरेको छ । फिल्मले इन्डियामा नेट बक्सअफिसमा अहिलेसम्म २९५.१८ करोडको कमाई गरिसकेको छ । फिल्मको ओभरसिज ग्रस बक्सअफिस कलेक्सन ३७८.४३ करोड छ । भारत र ओभरसिज कलेक्सन प्लस गर्ने हो भने ‘सञ्जू’ ले प्रदर्शनको दुई हप्तामा कूल ५००.४३ करोड रुपैयाँको कलेक्सन गरेको छ । इन्डियामा ४ हजार र ओभरसिजमा १३ सय स्क्रिनमा फिल्म…

Read More

काठमाडौँ: विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । निकै गोप्य राखिएको सो समारोह शनिवार एक पारिवारिक माहोलकाबीच दुवैले औँठी साटासाट गरी सम्पन्न गरेका छन् । नेपाली सेरियल ‘कथा काठमाण्डू’ को छायांकनको बेलादेखि यी दुई प्रेम सम्बन्धमा परेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर सेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई…

Read More

रसुवा: विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ.व. ०७५/७६ मा नवीकरण रोकी वास्तविक रसुवावासीको मात्र परिचयपत्र नवीकरणको प्रक्रिया अगाडि बढाइदिन अध्यागमन कार्यालयलाई अनुरोध गरिएको हो । केही व्यक्तिको रसुवामा कुनै पनि घर नभएको, सीमा क्षेत्रका बासिन्दाले केरुङ जानका लागि बसाइँसराइ गरेर परिचयपत्र मात्र लिएर अवैध धन्दाको कारोबारमा संलग्न हुँदा जिल्लाको बदनामी भएकाले रसुवागढी नाकाको व्यवस्थापनका लागि वास्तबिक रसुवावासीको पहिचान गरेर मात्र नवीकरण गरिदिन आग्रह…

Read More

सुर्खेत: पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख छ । राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको उनले जानकारी दिए । गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णालीमार्फत सञ्चालन गर्नका…

Read More

इनरुवा: पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए । उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। कोशी ब्यारेज भएर…

Read More