Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै…

Read More

गुवाहाटी, भारत: भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ करोड २९ लाखमध्ये २ करोड ८९ लाखले मात्र आवेदन दिएका छन् । हजेला र अन्य सरकारी अधिकारीहरुले मस्यौदा प्रतिवेदन सार्वजनिक समारोहमा रजिष्टरमा नाम नभएकै आधारमा कसैलाई पनि उनीहरुकै देश फिर्ता नगरिने वा पक्राउ नगरिने स्पष्ट गर्नुभयो । रजिष्टरमा नाम नभएकाहरुले तोकिएको समयावधिभित्र आफ्नो दाबी…

Read More

हनोई: मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकले (आरबीबी) र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) का का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल)बाट गर्न सक्ने बैंकले जनाएको छ । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आवको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा…

Read More

काठमाडौँ: पछिल्लो केहि वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थ आयात उच्चदरमा बढेको छ । देशको कुल निर्यातको दोब्बर पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको ११ महिनामा ७४ अर्ब बराबरको निर्यात भएको थियो । गत आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म एक खर्ब ५३ अर्ब ८१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ समीक्षा अवधिमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३७ दशमलब ३ प्रतिशत बढी भएको निगमले जनाएको छ । अर्थिक वर्ष २०७३/७४ को ११ महिनामा एक खर्ब २२ अर्बको इन्धन आयात भएको थियो । गत वर्षको ११ महिनामा इन्धनको आयात नगदको आधारमा ३७ प्रतिशतले बढेको भएपनि…

Read More

काठमाडौँ: झन्डै साँढे चार करोड सहकारी ठगी गरी निक्षेपकर्ताको सावा ब्याजसमेत फिर्ता नगरी फरार रहेका दुई सहकारीका पूर्व पदाधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा समिति सदस्यहरु रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई काठमाडौँबाट यही साउन १० गते पक्राउ गरेको हो, सीआइवीका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए । खड्गी र श्रेष्ठलाई सो ठगी मुद्दामा काठमाण्डौं जिल्ला अदालतको २०७४/०१/१७ गतेको फैसलाले ४७ लाख ६२ हजार २२५ रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो। उनीहरुलाई प्रहरीले सोहि पक्राउ मितिमा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको…

Read More

नुवाकोट :आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो । तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । “अब पूर्णरुपमा…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’ स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवैजना अहिले कानुनतः…

Read More

ललितपुर: कानूनीरुपमा भिन्न भए पनि संयुक्त पूर्जा भएका र एउटै घरमा बसोबास गर्दे आएका धेरै लाभग्राहीको निजी आवास निर्माण अघि बढ्न सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहु–स्वामित्व पुनःनिर्माण लाभग्राहीका रुपमा थप भएका लाभग्राहीले घर बनाउने फरक–फरक जग्गा नहुँदा घर निर्माण अघि बढाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ, भूकम्प आवास पुनःनिर्माण आयोजनाले जनाएको छ । भूकम्पभन्दा पहिले नै अंशबण्डा भएर छुट्टाछुट्टै भान्सा गरेकालाई फरक लाभग्राही मानेर सम्झौता भएको एकाइमा कार्यरत सूचना तथा प्रविधि विशेषज्ञ राकेश महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले पहिलो किस्ता लिए पनि घर निर्माण अघि बढाउन नसक्दा दोस्रो किस्ता लिन पाउनुभएको छैन ।” भिन्दै भए पनि एउटै…

Read More

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ। कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए। उता काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति…

Read More