काठमाडौँ: शनिबार रातिदेखि शुरु भएको वर्षा आगामी तीन दिनसम्म जारी रहने मौसम विज्ञान विभागले जनाएको छ । विभागलेले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै देशका धेरै भागमा भारि वर्षा हुने अनुमान गरेको छ ।
आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार र सोमबार भरि र मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने विभागले जनाएको छ ।
Facebook Comments Box