Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेपाली कांग्रेसले गलत गरेको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने चेतावनी दिए। उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईँहरूलाई पटक पटक साथ दियो। अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ। त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। त्यो प्रति दुख व्यक्त गर्छु। त्यो कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ।’ उनले कांग्रेसको आजको गतिविधि कलंकको रूपमा स्थापित हुने बताए।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै…

Read More

काठमाडौँ:हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य धेरै जनाको मृत्यु भएको पुष्टि भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। राष्ट्रपति रायसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो। समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए।

Read More

काठमाडौँ: संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ…

Read More

काठमाडौं: इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’ यद्यपि इरान सरकारबाट आधिकारिक भनाइ सार्वजनिक भएको छैन । अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो । इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् । त्यतिबेलै हेलिकप्टरमा सवार व्यक्तिहरु बाँच्ने सम्भावना…

Read More

राससकाठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।” उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित…

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यक्ति केन्द्रीत नभई समस्या केन्द्रित भएर काम गर्न प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले सहकारीको विषय ल्याएर कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको बताएका हुन् ।उनले भने,‘एउटा व्यक्तिलाई खुइल्याउने, बोल्न नदिने, अपमानित गर्ने, बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको किन भागेको भनेर लल्कारिरहने अनि समस्याको समाधान गर्नका लागि कहीँबाट पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल, भर्खरै उदाएको नेतामाथि यति ठुलो इतिहास बोकेको राजनीतिक दलले यो राजनीतिक दमन होइन र ? यो…

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गरे । उनले भने,‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्‍यो । कांग्रेस सभापतिलाई मेरो आग्रह छ– यहाँ आएर यसबारे प्रस्ट पारिदिनु होला ।’ कांग्रेसले एक जना सांसदलाई बोल्न दिने पार्टीबाट निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ?,’ उनी भन्छन्, ‘यो…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ।’ उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए । त्यस्तै पूर्वको कोशी प्रदेशमा…

Read More

काठमाडौँ: विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका छन् । विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । ‘उनले बोलेपछि चित्त बुझे बुझिहाल्यो, नबुझेको खण्डमा छानबिन समिति बन्नुपर्ने भन्ने हाम्रो अनिवार्य सर्त नै हो’, उनले भने । यस्तै सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन अर्को बैठक पनि बसिरहेको छ । शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरू सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत…

Read More