Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भूकम्पले भत्किएका घर पुनःनिर्माणलाई जारी राख्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको छ । यसअघि भूकम्पले भत्किएका घरको जग हाली असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो । धेरै पीडितले अझै घर पुनःनिर्माण नसकेकाले काम जारी राख्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । विसं २०७३ पुसअघि अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका लाभग्राहीले २०७४ चैत मसान्तसम्म जग हाली दोस्रो किस्ता लिनुपर्ने निर्णय प्राधिकरण निर्देशक समितिको बैठकले गरेको थियो । त्यसबेला पनि आशातीत घर पुनःनिर्माण नभएपछि असार मसान्तसम्मका लागि म्याद थपिएको थियो । यसपटक पनि म्याद थपका लागि असार २१ गते प्राधिकरण परामर्श परिषद् र २४…

Read More

तनहुँ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शुक्रबार बन्दीपुर केवलकारको शिलान्यास गरेका छन् । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । प्रदेशका १४ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई पाँच वर्षभित्र शून्यमा झार्ने लक्ष्य रहेको उनले बताए । प्रदेशका पर्यटन, उद्योग, वन तथा वातवरणमन्त्री विकास लम्सालले पर्यटनमुखी प्रदेश बनाउन लागिएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केबलकारका अध्यक्ष तारानाथ उपाध्याय, तनहुँ उद्योग वाणिय संघका अध्यक्ष मानकाजी…

Read More

काठमाडौं: मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो । ‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने,‘ केन्यास्थित अवैतनिक नेपाली दूत जिम्मी अस्कारले भने । अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई…

Read More

काठमाडौं: डा गोविन्द केसीको अनशन र मेडिकल कलेज सम्बन्धनको बहस अहिले सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेको छ । मुद्दाको टुंगो कहिले र कसरी लाग्छ भन्न सक्ने अवस्था छैन । यो कुनै ताजा विषय भने होइन । बाबुराम भट्टराईदेखि अहिलेका प्रधानमन्त्री केपी ओलीसम्म आइपुग्दा हरेक सरकार मेडिकल कलेजहरूलाई सम्बन्धन दिने विषयको विवादमा मुछिएका छन् । आजको नयाँ पत्रिकामा मुख्य समाचार छ । मेडिकल शिक्षा मुनाफारहित बनाऔँः रामेश्वर खनाल, पूर्वअर्थसचिव मेडिकल शिक्षा सरकारले चलाउँदैमा राम्रो भइहाल्छ भन्ने होइन । सरकारले चलाएका वीर अस्पताल, क्षिणण अस्पतालको बेथिति हाम्रै अगाडि छन् । भारत, अमेरिकालगायत धेरै देशमा निजी मेडिकल कलेज छन्, तर हाम्रोमा जस्तो बेथिति…

Read More

काठमाडौं: सरकारले दुई थरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । समाचार अनुसार, केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको व्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।

Read More

काठमाडौँ : गत आर्थिक वर्षमा सरकारको चालु तथा पूँजीगत खर्चमा उल्लेखनीय विस्तार भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले आज पत्रकार सम्मेलन गरी बजेट सार्वजनिकपछि पछिल्लो संशोधित अनुमानभन्दा बढी खर्च भएको जानकारी दिइएको हो । गत वर्षदेखि स्थानीय र प्रदेश तहमा वित्तीय हस्तान्तरण र सःशर्त तथा समान्यीकरण अनुदान र भूकम्पबाट क्षति भएका निर्माणको अनुदान, भत्ताको रकमले गर्दा चालु खर्च वृद्धि भएको देखाएको हो । त्यस्तै मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, व्यापारी राजमार्ग, बबई सिंचाइजस्ता आयोजनामा भएको प्रगतिका कारण ठूला आयोजनामा खर्च बढेकाले पूँजीगत खर्च विस्तार भएको देखिएको हो । आर्थिक क्षेत्र सही बाटोतर्फउन्मुख भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले…

Read More

काठमाडौँ:  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी) प्रतिवेदनको कार्यान्वयनले नेपाल र भारतबीचको सम्बन्धमा थप सुधार हुने धारणा व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्धका बारेमा समग्र पक्षमा छलफल गरी विगतमा देखिएका कमजोरीका बारेमा आत्मसमीक्षा भएको र समीक्षापछि २१औँ शताब्दी सुहाउँदो सम्बन्धलाई अगाडि बढाउनुपर्छ भनेर समझदारी बनेको बताए । इपिजीको प्रतिवेदनले महत्वपूर्ण दिशानिर्देश दिने विश्वास उनले व्यक्त गरे । नेपाल र भारतबीचका सन्धिसम्झौता पुनरवलोकनका लागि सुझाव दिन गठित इपिजीले तयार गरेको प्रतिवेदन यसै महिनाको अन्त्यसम्ममा दुवै मुलुकका प्रधानमन्त्रीलाई बुझाइने तयारी रहेको जानकारी उनले दिए । मन्त्री ज्ञवालीले तराईको डुबान समस्याका…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिको बैठकले आर्थिक ऐनबमोजिम इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लाग्ने व्यवस्थाका विषयमा कानूनी उपाय पहिल्याउने निर्णय गरेको हो । बैठकले कानूनी उपाय खोज्नका सञ्चार र अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम तथा द इण्टरनेट सर्भिस प्रोभाइडर्स एशोशियशन अफ नेपाल(आइएसपिएन) का प्रतिनिधिसमेत रहेको समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयका…

Read More

काठमाडौं: उर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखेका थिए । उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको…

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेका राज लामाको यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र महाराजगञ्जमा ठगी मुद्दा चलेको र टासीलाक्पा शेर्पा कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेलजीवन बिताएको अनुसन्धानमा…

Read More