Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 29
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कहिले होला प्राधिकरण प्रमुखको नियुक्ती? पुनःनिर्माणका सबै काम अड्ड्कीदा यस्तो बेहाल

    कहिले होला प्राधिकरण प्रमुखको नियुक्ती? पुनःनिर्माणका सबै काम अड्ड्कीदा यस्तो बेहाल

    पहिलोक्लिकपहिलोक्लिकJuly 21, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: भूकम्पले भत्किएका घर पुनःनिर्माणलाई जारी राख्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको छ ।

    यसअघि भूकम्पले भत्किएका घरको जग हाली असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो । धेरै पीडितले अझै घर पुनःनिर्माण नसकेकाले काम जारी राख्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

    विसं २०७३ पुसअघि अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका लाभग्राहीले २०७४ चैत मसान्तसम्म जग हाली दोस्रो किस्ता लिनुपर्ने निर्णय प्राधिकरण निर्देशक समितिको बैठकले गरेको थियो । त्यसबेला पनि आशातीत घर पुनःनिर्माण नभएपछि असार मसान्तसम्मका लागि म्याद थपिएको थियो ।

    यसपटक पनि म्याद थपका लागि असार २१ गते प्राधिकरण परामर्श परिषद् र २४ गते निर्देशक समितिको बैठक डाकिएको थियो । परिषद् र समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

    असार २० गते मन्त्रिपरिषद्को बैठकले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म तत्कालीन सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णय गरेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त हुनुभएको थियो ।

    भुसाल बाहिरिएसँगै परिषद् र समितिका बैठक पनि स्थगित भएको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदा म्याद थप हुन सकेको छैन । जसकारण पुनःनिर्माण शुरु गरेका लाभग्राही र जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत काम गर्ने कर्मचारीमा अन्योलता छाएकाले काम जारी राख्न निर्देशन दिइएको सहप्रवक्ता घिमिरेले बताए ।

    हालसम्म नौ लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरिएकामा आठ लाख सात हजार ४८६ लाभग्राही सूचीमा सूचीकृत भएका छन् ।

    यसैगरी ५२ हजार ५४ परिवार आंशिक क्षति भई प्रवलीकरण सूचीमा छन् । सात लाख २२ हजार १९ पीडितसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

    सात लाख १३ हजार ८९३ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । चार लाख ७९ हजार २२३ पीडित मात्र दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् ।

    यसैगरी दुई लाख ५० हजार ४७७ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । लाभग्राही सूचीमा सूचीकृत भएका पीडितले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख पाउने कार्यविधि छ । प्राधिकरणले समय सीमा निर्धारण गरेपछि पुनःनिर्माणमा तीव्रता आएको छ ।

    Facebook Comments Box

    पुनःनिर्माण प्राधिकरण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.