Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गृह मन्त्रालयले सिन्डिकेट अन्त्यको घोषणा गरेसंगै आजबाट औपचारिक रुपमा सबै सार्वजनिक यातायात अन्तर्गतका समितिहरुका दर्ता खारेज भएको जनाएको छ । सरकारले मन्त्रिपरिषदको बैशाख चार गतेको निर्णय अनुसार देशभर सिन्डिकेट अन्त्यको घोषणा गरेको थियो । मन्त्रालयका अनुसार २०७५ साउन १ गतेदेखि संस्था दर्ता एन २०३४ र यसैको नियमावली बमोजिम स्थापित यातायात सम्बध संघ, संस्था र समितिहरुको नबिकरण नहुने हुँदा ति संस्थाहरुको दर्ता खारेजी प्रक्रिया अघि बढाइने छ । समिति र त्यसका संघ, संस्थाका चल अचल सम्पति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहत रहने गृहले जनाएको छ । सरकारको निर्णय अनुसार सवारी दूर्घटनामा घाइतेको उपचार खर्च, कर्मचारीको तलब, बिजुली, पानी लगायतका…

Read More

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ । गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए । गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७०…

Read More

रत्ननगर: रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ” उनले भने । भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले…

Read More

बनियानी, झापा:  झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । “बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए”, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने, “कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि…

Read More

नयाँदिल्ली: भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो । उनलाई लगाइएको आरोपप्रति उहाँ संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ । अब यो विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जनाएका छन् । अदालतको विषय भइसकेकाले यस बारेमा अझ धेरै बोल्न र टिकाटिप्पणी गर्न नहुने उनीहरुको भनाइ छ । काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा चिदम्बरम दुई पटक अर्थमन्त्री बन्नु भएको थियो भने एक पटक गृहमन्त्री पनि…

Read More

काठमाडौं: काठमाडौँ प्रहरीले हिजो साँझ विहिबार राजधानीको एक गेस्ट हाउसबाट करिव १ लाख ५० हजार रुपैयाँ बराबरको सुनको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा रहेका सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठलाई खानतलासी गर्दा उनको साथ्बाट सो रकम बराबरको सुन भेटिएको प्रहरीले जनएको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । चोरी यस्तै, काठमाडौं महानगरपालिका–३२ खहरेचोक डेरा गरी बस्ने उदयपुर घर भएका कर्ण अधिकारीको कोठाबाट ल्यापटप, नगद तथा सुनका…

Read More

काठमाडौँ: चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ । उनीसँग थप वार्ताबारे छलफल भएपनि अर्काे निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग…

Read More

काठमाडौँ: दुई चार दिन रस्साकस्सीपछि अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद शुक्रबारदेखि नियमित काममा फर्केछन् । उनी सर्वोच्च अदालतबाट पुनर्बहाली आदेश पाएको भोलिपल्टै कार्यालय पुगेका त थिए तर बोर्डका अध्यक्ष लक्ष्मण न्यौपाने लगायतकका टोलीले नियमति हाजिर गर्नबाट बन्चित गरौँदै आएका थिए । साउद बिहान कार्यालय समयमा पुगेर आफ्नो नियमित हाजिर गरेका हुन् । अदालतको अवहेलना मुद्दा लाग्ने भएपछि सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपाने पछि हटेका छन् । अर्थ मन्त्रालयबाट काजमा खटिएका रमेश अर्याल मन्त्रालय नै फिर्ता भएका छन् । साउदले अर्थ मन्त्रालयबाट काजमा खटाइएका रमेश अर्याल र आफूबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताए । नेप्से…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा कुल पुँजीगत बजेटको ७९ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको कुल पुँजीगत खर्च बिनियोजनको ३ खर्ब ३५ अर्ब मध्ये २ खर्ब ६७ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यता चालू खर्च भने ८६ दशमलब ६५ प्रतिशत भएको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ९६ अर्ब खर्च भएको छ । सरकारले गत वर्ष चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो । सरकारले गत वर्ष लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । गत आर्थिक वर्ष लक्ष्यको १०० दशमलब १८ प्रतिशत राजस्व संकलन गएको…

Read More

क्वालालम्पुर: मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Read More