काठमाडौँ: गृह मन्त्रालयले सिन्डिकेट अन्त्यको घोषणा गरेसंगै आजबाट औपचारिक रुपमा सबै सार्वजनिक यातायात अन्तर्गतका समितिहरुका दर्ता खारेज भएको जनाएको छ ।
सरकारले मन्त्रिपरिषदको बैशाख चार गतेको निर्णय अनुसार देशभर सिन्डिकेट अन्त्यको घोषणा गरेको थियो ।
मन्त्रालयका अनुसार २०७५ साउन १ गतेदेखि संस्था दर्ता एन २०३४ र यसैको नियमावली बमोजिम स्थापित यातायात सम्बध संघ, संस्था र समितिहरुको नबिकरण नहुने हुँदा ति संस्थाहरुको दर्ता खारेजी प्रक्रिया अघि बढाइने छ ।
समिति र त्यसका संघ, संस्थाका चल अचल सम्पति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहत रहने गृहले जनाएको छ ।
सरकारको निर्णय अनुसार सवारी दूर्घटनामा घाइतेको उपचार खर्च, कर्मचारीको तलब, बिजुली, पानी लगायतका खर्चका लागि बन्द रहेका बैंक खाता चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयमा ३५ दिन भित्र सूचना दिई अनुमति लिनु पर्नेछ ।


