Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भने, “एक पटक आयुर्वेदिक औषधि खाएर हेर्छु भन्ने मनमा आयो, त्यसपछि आयुवेदिक औषधि खाएँ ।” ओलखुढुङ्गा स्थायी घर भई हाल सिफल बस्ने घले अहिले ८० वर्षको छन् । उपचार गर्दा ६५ वर्षको थिए । शल्यक्रिया गर्न उमेरले पनि ठीक हुँदैन कि भन्ने भयो । ललितपुरको कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि खाएपछि पत्थरी पूर्णरुपमा ठीक भयो । घलेजस्तै सोलुखुम्बु स्थायी घर भई हाल बत्तीसपुतली बस्ने नीरबहादुर कार्की पनि पित्त पत्थरीको…

Read More

काठमाडौँ : युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रुपैयाँ धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।

Read More

काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको दोश्रो खेलमा बेल्जियमले ब्राजिललाई २-१ हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ । बेल्जियमले पहिलो हाफमानै ब्राजिल बिरुद्ध दुई गोल गरेको थियो । ब्राजिलका स्टार खेलाडी नेमार अन्तिम समयमा प्रहार गरेको बलले पनि जाली चुम्न नसक्दा ब्राजिलले हार खानु परेको छ । हाफपछि आक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलले एक गोल गर्न सफल भयो भने गोल गर्ने धरै अवसर पाए पनि ब्राजिलले दोश्रो गोल गर्न नसक्दा विश्वकप जित्ने सपना समाप्त भएको छ । यो जितसंगै सेमिफाईनलमा बेल्जियमले फ्रान्स संग भिड्ने छ । बेल्जियम दोश्रोपटक सेमिफाईनलमा पुगेको हो ।

Read More

काठमाडौंँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई समेटेर सरकारले सल्लाहकार समूह गठन गर्न लागेको जानकारी दिएका छन् । नेपाल उद्योग परिसंघको १५ औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने स्पष्ट गरे । स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुन सक्ने बताउँदै उनले ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताए । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्दै भने, “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि…

Read More

बनेपा: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ ।

Read More

काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेलाई २-० हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ । फ्रान्सका लागि पहिलो गोल भरानले ४० औं मिनेटमा गरेका थिए भने दोश्रो गोल एन्टोनियो ग्रिजमेनले ६० औं मिनेट गर्दै टोलीलाई जितको बाटो सुनिश्चित गराएका थिए । यो जितसंगै उसको भेट आजै राति हुने ब्राजिल र बेल्जियमबीच हुने खेलको बिजेतासंग हुनेछ । फ्रान्स छैठौं पटक बिश्वकपको सेमिफाइनलमा पुगेको हो ।

Read More

काठमाडौँ: मुस्ताङको स्याङबोचेमा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । मुस्ताङ प्रहरी निरीक्षक राजेन्द्र प्रसाद रेम्गीका अनुसार मृतकको संख्या १९ पुगेको छ र उनीहरुको सनाखत गर्ने कार्य जारी रहेकोले मृतकको विवरण दिन केहि समय लाग्छ । पोखरा: मुस्ताङको स्याङबोचे नजिकैसडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ जना पुरुष र छ जना महिला रहेका छन् ,  हालसम्म सनाखत भएका मृतकहरु मध्ये — बालकुमारी घर्ती, सुकमान रोका, सुजन घलान, बिन्ति घर्ती, महेश रोका र कमलसिंह रोका रहेका छन् । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको…

Read More

बनियानी: गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो ६ रुपियाँमा खरीद गरेको गोलभेँडा व्यापारीले ४० रुपैयाँमा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो ६ देखि ८ रुपैयाँ सम्ममा गोलभेँडा बिक्री गरेको बताए । उनले भने, “यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।” व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् । तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा ४० रुपैयाँमा बिक्री गरिरहेको बताउछन् । उनले खुद्रा व्यापारीलाई १५ देखि १८ रुपैयाँ…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताए । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गरी स्वास्थ्य, शिक्षा र सेवालाई देशका सबै भागमा सर्वसुलभ एवं गुणस्तरीय बनाउन माग राख्दै डा गोविन्द केसीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । यस सम्बन्धमा विगतमा भएका अध्ययन प्रतिवेदन र विभिन्न समयमा भएका सहमति र सम्झौताका आधारमा…

Read More

काठमाडौँ: नागरिक उड्डयन प्राधिकरणले बुध्द एयरको नेपालगञ्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ । यसअघि बुध्द एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउ“सो १ र साँझा ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो । यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुध्द एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरु गरिरहेको प्रेस विज्ञप्तीमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवाजाही हुने गरेको छ । यसैलाई ध्यानमा राखी…

Read More