काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले आफुलाई प्रदेश र स्थानीय संरचनामा लैजाने क्रममा आज गोर्खा चेम्बर अफ कमर्श गठन गरेको छ । प्रदेश नम्बर-४ का प्रदेश सरकारका प्रबक्ता तथा भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भेलाले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यी कार्यसमिति गठन गरेको, नेपाल चेम्बर अफ कमर्शले जनाएको छ |
भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले गोर्खालाई औद्योगिक क्षेत्र घोषणा गर्न प्रदेश सरकार तयार रहेको र त्यसमा नेपाल चेम्बर अफ कमर्स जस्ता नीजि क्षत्रको साथ् र सहयोगको जरुरि रहेको धारणा व्यक्त व्यक्त गरेका छन् |
उनले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन सरकार गम्भीर रहेको र त्यसको लागि नीजि क्षेत्रलाई ढुक्क भएर लगानी गर्न समेत आग्रह गरेका छन् |
गोर्खा जिल्लाका सबै स्थानीय पालिकालाई जिल्ला सदरमुकामसंग जोड्न अति जरुरि रहेको भन्दै मन्त्री बस्नेतले भने, ” ‘कनेक्टिभिटी’ समृद्दिको मुख्य आधार भएकोले प्रदेश सरकारले गोर्खा जिल्लाका सबै स्थानीय पालिकालाई सदरमुकामसंग जोड्नको लागि प्रदेश सरकारले झन्डै आधा बजेट छुट्याइएको छ |
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा प्रचार-प्रसार बिभाग प्रमुख सन्तोष पाण्डेले गोर्खा जिल्लालाई पर्यटन क्षेत्रको हब बनाउन नेपाल चेम्बर अफ कमर्सले प्रदेश सरकारसंग मिलेर काम गर्न र आफ्नो तर्फबाट सक्दो योगदान गर्न तयार रहेको कुरा बताएका छन् |
उक्त भेलालाई बोल्दै पाण्डेले भने, “जिल्लाको समृद्दीको लागि युवा र महिलाको भूमिका र उनीहरुको क्षेमता महत्वपूर्ण हुने भएकोले उनीहरुको क्षेमता अभिवृद्दीको लागि पहल र प्रयत्न गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको छ |
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा भन्सार बिभाग प्रमुख निरज राई, जिल्ला प्रशाशन प्रमुख नारायण प्रसाद भट्टराई, गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्त, राजनीतिक दलका प्रतिनिधिहरु र जिल्ला स्थित अन्य संघ-संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो |