Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरुको योगदानलाई स्मरण गर्ने परम्पराअनुसार उक्त संस्था स्थापना गर्न लागिएकोमा त्यसलाई अनावश्यक राजनीतिकरण गरिएको विचार व्यक्त गरे । एउटा शक्तिशाली आयोग बनाएर त्यसको सुझावका आधारमा मुलुकका विभिन्न भागमा सुविधा सम्पन्न अस्पताल खोल्नुपर्नेमा जोड दिँदै उनले भने, “मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन,…
काठमाडौं: सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रतक्ष्य मार पर्ने भनेको उपभोक्तालाई नै हो । मंगलबारबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुगेको छ । सोमबारसम्म दूरसञ्चार सेवा शुल्क ११ प्रतिशतमात्र थियो ।…
काठमाडौं: ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए । समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरुलाई पनि गिरफ्तारी गर्नुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए । आजको नाागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प्रधानमन्त्रीसँग भएको करिब दुई घण्टाको ब्रिफिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल…
काठमाडौं: विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरुले बताउँदै आएका थिए । निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ ।
काठमाडौं: सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ । रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।
काठमाडौ: आजदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबारदेखि पुनः कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको आदेश पाएपछि उनी पुनः काममा फर्किएका हुन् । यसअघि ओली सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय विरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् । अदालतले अन्तरिम आदेश जारी गर्दै काममा फर्काउन सरकारलाई निर्देशन दिएको थियो । सरकारी निर्णयको अन्तिम फैसला आउन भने बाँकी छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले साउद मंगलबारदेखि पुनः काममा फर्किएको नेपाली पैसालाई जानकारी गराए । साउदले गत बुधबार सरकारले आफूलाई अन्यायपूर्ण र गैरकानुनी तरिकाले हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही…
काठमाडौँ: सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन् । सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले फिल्म क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं प्रवद्र्धन गर्दै पारदर्शिताका लागि बक्स अफिस शुरु भएको बताए । बक्स आफिस लागू भएसँगै कलाकारिता क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उनले राज्यले राजश्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री बाँस्कोटाले ‘क्लिन फिड’ लागू गर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको तलब बैंकमार्फत दिलाउने व्यवस्था गर्ने तयारी भइरहेको बताए । उनले पत्रकार कल्याणकारी…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीका केही समस्या रहेको भन्दै सो बारे चासो व्यक्त गरेका थिए । राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रतर रुपमा विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताए…
इटहरी: धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया रोगबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारका क्रममा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित थिए । नगर प्रमुखमा निर्वाचित भएपछि कामको चापले बढी नै व्यस्त रहनु परेकाले उनमा पछिल्लो समय निमोनियाको संक्रमण देखा परेको बताइएको छ । विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय सुब्बा तत्कालीन नेकपा (एमाले) को धरान नगर कमिटी अध्यक्षसमेत थिए । प्रमुख सुब्बाको शव आजै साँझ हेलिकोप्टरमार्फत धरान ल्याउने तयारी भइरहेको बताइएको छ । प्रमुख सुब्बाको बुधबार…