Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताए । यूएइको माग र आवश्यकताअनुुरुप नेपालमा…
फलेवास, पर्वत: पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा…
काठमाडौँ: घटना हो यही बैशाख २२ गतेको जुन ललितपुरस्थित नक्खु कारागारभित्र घटेको थियो। भक्त बहादुर सुनार जो सोहि कारागारमा थिए उनको उपचारको क्रममा रहस्यमय मृत्यु भएको थियो । कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा २० वर्षे कैद सजाय भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वार–५ का ३२ वर्षीय सुनारको मृत्यु अस्वभाविक देखिएको थियो । गएको वैशाख १९ गते ज्वरो आउने तथा वान्ता हुने भएपछि वीर अस्पतालमा उपचारका लागि सुनारलाई लगिएको थियो । पछि एक्कासी ब्लडप्रेसर कम हुने भएपछि सुनारलाई आइसीयुमा राख्नुपर्ने भन्दै पाटन अस्पताल पुराइएको थियो । तर पाटन अस्पतालमा उपचारका क्रममा सुनारको वैशाख २२ गते मृत्यु भएको थियो । सुनारको मृत्युको कारण…
काठमाडौं: सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन’ उल्लेख छ । यसले निर्देशिका कार्यान्वयन हुनुअघि अर्थात् १८ चैतअघि रुट अनुमति लिने सवारीसाधनलाई कम्पनीमा दर्ता हुन अनिवार्य गरेको छैन । यही नीतिगत त्रुटिलाई आधार बनाएर देशभरका ३ लाख ५० हजार सार्वजनिक सवारीसाधन अझै पञ्जीकरणमा आएका छैनन् । तर, रुट अनुमति लिएर वैधानिक…
काठमाडौं: सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ । मन्त्रालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र जारी नगर्न निर्देशन दिएका छ । मन्त्रलयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण कार्य नगर्न विभागलाई निर्देशन दिएको छ ।
काठमाडौँ : महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७ ग्राम, अमृतपाल सिंहबाट ९५५ ग्राम, हरमिन्दर सिंहबाट ५७८ ग्राम र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ । प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य…
विराटनगर: मोरङ जिल्लाका बाढीपीडित समुदायलाई वितरण गर्न आएको राहत रकम समयमै वितरण गर्न नसक्दा करोडौँ रकम ‘फ्रिज’ भई फिर्ता गएको छ । गृह मन्त्रालयबाट मोरङको कटहरी गाउँपालिकाको बाढी पीडितलाई वितरण गर्न तीन करोड ८९ लाख २५ हजार रुपैयाँ आएको थियो । कटहरी गाउँपालिकाले सो रकम गत असार मसान्तसम्म वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो । गत आर्थिक वर्षको असार मसान्तभित्र वितरण गर्नुपर्ने रकम स्थानीय निकायले वितरणमा ढिलाइ गर्नाले नै रकम फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फ्रिज भएर र्फिता गएपछि आज प्रमुख जिल्ला अधिकारी, कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा प्रहरी प्रमुखबीच यस सम्बन्धमा छलफल भएको…
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नंको सनराइज यातायातको जीप आज दिउँसो १ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा कुशे गाउँपालिका–५ जाजरकोटकी तीन३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए । त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक…
काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । “प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको छ” उनले भने, “अबदेखि हामी नियमित रुपमा राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्नेछौँ ।” मन्त्री तथा सचिवले पेश गरेको आव २०७५/७६ को मन्त्रालयगत कार्ययोजनाको कार्यान्वयनको अनुगमनमाथि पनि अनुगमन शुरु गर्ने योजनाअनुसार नै प्रधानमन्त्रीले राष्ट्रिय आयोजनाको अनुगमन गरेको प्रवक्ता कुँवरले जानकारी दिए । प्रत्येक मन्त्रालयमा…
काठमाडौँ : राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । “हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”–उनले भने, “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ । केन्द्रले ४९ जिल्लाका करीब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा…