Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यस साता सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत सात पाँचैदिन नेप्से घटेर ठुलो घाटा ब्यहोरेका लगानीकर्ताहरुलाई यो साता शुखद रहेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ दशमलब ३८ अंकले बढेर अन्तिम दिन १ हजार २१० दशमलब ३२ अंकमा पुगेको छ । यससाता होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: ३१० दशमलब ४३ अंक र २२३ दशमलब ८१ अंकले बढेको छ । त्यसैगरी, उत्पादन समूहमा १२७ दशमलब ७३ अंक, विकास बैंक ६५ दशमलब ३८ अंक, लघुवित्त ५२ दशमलब १२ अंक,…
काठमाडौँ: पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने , “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेको सभामुख क्विसेरले संसदमा घोषणा गरेका थिए। विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय…
पर्वत: आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग…
मोरङ: विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । आजको कान्तिपुरले पृष्ठ १३ मा यो समाचार छापेको छ । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ प्रहरी उपरीक्षक केसीका…
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतबाट अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठम छापिएको छ । समाचरम लेखिएको छ, गत वर्ष प्राधिकरणको प्रसारण प्रणालीमा आबद्ध भएको कुल ऊर्जामध्ये यो ३६ प्रतिशत हो । २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैँले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ । भारतबाट आयातित विद्युतको औसत मूल्य सात रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत हिउँदमा मात्र आयात हुन्छ ।
काठमाडौँ: मुलुकै पहिलो र निकै बेग्रताका साथ प्रतीक्षा गरिएको कलंकी चोकमा निर्मित सुरुङ्गमार्ग (अन्डरपास) शुक्रबारबात औपचारिक रुपमा संचालनमा आएको छ। सो अण्डरपास संचालनमा आएसंगै कलंकी भएर गुड्ने सबै खाले सवारीको उच्च चाप घाटको छ – आयोजना प्रमुख प्रकाश भण्डारीले पहिलोक्लिकलाई बताए । अब बल्ल भने यात्रु र सवारी दुबैले सास्तीको पर्खाइबाट मुक्त भएका छन्, अव कलंकीमा कुनै ट्रफिक जाम रहने छैन, उनले भने । निर्माण गरिएको उक्त अन्डरपास चार लेन रहेको छ । हाललाई दुई लेन मात्रै संचालनमा ल्याइएको, भण्डारीले बताए । बाँकी दुई अन्डरपास पनि एक महिनापछि पूर्ण रुपमा संचालनमा आउने, भण्डारीले बताए । चीन सरकारको प्राविधिक र आर्थिक…
नयाँ दिल्ली: हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उनको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिएकी थिइन् । भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उनको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स)मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो । अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु,…
विराटनगर: वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले आज मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ । साथै उक्त टोलीले बाबा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ कटहरीको सूयमुखी तथा भटमासको तेल, स्वास्तिक आयल इण्डष्ट्रिज मोरङ हात्तिमुडाबाट उत्पादित वनस्पति ध्यू, सूयमुखी, तोरी तथा भटमासको तेल, जेके आयल…
काठमाडौँ : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिनेछन् । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् ।…
काठमाडौँ : नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी आज कार्गाे विमानबाट चीन पठाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गरे । मन्त्री बस्नेतले उनलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ । गैँडा हस्तान्तरणपछि विमानस्थलमा कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे । साथै नेपालमा एक…