काठमाडौँ: मुलुकै पहिलो र निकै बेग्रताका साथ प्रतीक्षा गरिएको कलंकी चोकमा निर्मित सुरुङ्गमार्ग (अन्डरपास) शुक्रबारबात औपचारिक रुपमा संचालनमा आएको छ।
सो अण्डरपास संचालनमा आएसंगै कलंकी भएर गुड्ने सबै खाले सवारीको उच्च चाप घाटको छ – आयोजना प्रमुख प्रकाश भण्डारीले पहिलोक्लिकलाई बताए । अब बल्ल भने यात्रु र सवारी दुबैले सास्तीको पर्खाइबाट मुक्त भएका छन्, अव कलंकीमा कुनै ट्रफिक जाम रहने छैन, उनले भने ।
निर्माण गरिएको उक्त अन्डरपास चार लेन रहेको छ । हाललाई दुई लेन मात्रै संचालनमा ल्याइएको, भण्डारीले बताए । बाँकी दुई अन्डरपास पनि एक महिनापछि पूर्ण रुपमा संचालनमा आउने, भण्डारीले बताए ।
चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा उक्त परियोजना संचालनमा रहेको छ ।