Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ । नयाँ मुलुकी अपराध संहिता ऐन — २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
काठमाडौँ: बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन । यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैमाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।
काठमाडौं: फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ । अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ…
काठमाडौँ: राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो । सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ । तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने…
विराटनगर : सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । मन्त्री खनालले भन्नुभयो, “समय गुज्रेको, सडेगलेको तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने, उत्पादन गर्ने जोकोहीलाई पनि कालो सूचीमा राख्नुस् । त्यसको जिम्मा म लिन्छु ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यहीअनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्नसमेत निर्देशन…
काठमाडौँ :निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए । गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले…
काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेकासँग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडा :प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ । पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताए । उनले भने, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिए । प्रदेश नीति तथा योजना…
पर्सा :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए । राज्यले लगानीको सुरक्षा गर्छ भन्ने विश्वास नभएसम्म ठूला वैदेशिक लगानी नेपाल भित्र्याउने तथा समृद्धी हासिल गर्ने विषय कृतिम कुरा मात्र हुने भन्दै उनले मुलुकभित्र रहेका लगानीकर्तालाई राज्यले ढुक्क बताए । व्यापारीले घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य र व्यापारीमाथि रहेको अनावश्यक झन्झट अन्त्य नभए देशभित्रको पूँजीसमेत पलाएन हुने जोखिम बढ्ने भन्दै अध्यक्ष प्रचण्डले…