काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।
मन्त्री खनालले भन्नुभयो, “समय गुज्रेको, सडेगलेको तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने, उत्पादन गर्ने जोकोहीलाई पनि कालो सूचीमा राख्नुस् । त्यसको जिम्मा म लिन्छु ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यहीअनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिए । जनस्वास्थ्यका लागि विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘विभागको निक्कै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन, मन्त्री खनालले भने, “पनि सुधार नगर्ने उद्योगलाई कारवाही गरिने स्पष्ट पार्नुभयो । विभागले अनुगमनलाई तीव्र बनाएअन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस्, समीक्षा आफै गर्नुस् ।”
विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले पटकपटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा को तर स्रोत, साधन र जनशक्ति प्रर्याप्त नभएको महानिर्देशक कर्णको भनाइ थियो ।
विभागका अनुसार गत आर्थिक वर्षमा देशभरीबाट दुई हजार ८१३ वटा नमूना संकलन गरी परीक्षण गर्दा ३५४ वटा न्यून गुणस्तरका पाइएको थियो । त्यसमध्ये खाद्य समूहमा सबैभन्दा बढी १४० वटा न्यून गुणस्तरको पाइएको छ । जसमध्ये दूध तथा दुग्ध पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घीउजन्य पदार्थ ११ न्यून गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए ।