Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
- भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प, आपतकाल घोषणा
- आर्थिक गतिविधि विस्तारमा केन्द्रित मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
- एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
- सरकारीबाहेक १० हजार बढी शिक्षण संस्था सञ्चालनमा
- रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
- रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काठमाडौँ प्रहरीले हिजो साँझ विहिबार राजधानीको एक गेस्ट हाउसबाट करिव १ लाख ५० हजार रुपैयाँ बराबरको सुनको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा रहेका सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठलाई खानतलासी गर्दा उनको साथ्बाट सो रकम बराबरको सुन भेटिएको प्रहरीले जनएको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । चोरी यस्तै, काठमाडौं महानगरपालिका–३२ खहरेचोक डेरा गरी बस्ने उदयपुर घर भएका कर्ण अधिकारीको कोठाबाट ल्यापटप, नगद तथा सुनका…
काठमाडौँ: चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ । उनीसँग थप वार्ताबारे छलफल भएपनि अर्काे निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग…
काठमाडौँ: दुई चार दिन रस्साकस्सीपछि अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद शुक्रबारदेखि नियमित काममा फर्केछन् । उनी सर्वोच्च अदालतबाट पुनर्बहाली आदेश पाएको भोलिपल्टै कार्यालय पुगेका त थिए तर बोर्डका अध्यक्ष लक्ष्मण न्यौपाने लगायतकका टोलीले नियमति हाजिर गर्नबाट बन्चित गरौँदै आएका थिए । साउद बिहान कार्यालय समयमा पुगेर आफ्नो नियमित हाजिर गरेका हुन् । अदालतको अवहेलना मुद्दा लाग्ने भएपछि सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपाने पछि हटेका छन् । अर्थ मन्त्रालयबाट काजमा खटिएका रमेश अर्याल मन्त्रालय नै फिर्ता भएका छन् । साउदले अर्थ मन्त्रालयबाट काजमा खटाइएका रमेश अर्याल र आफूबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताए । नेप्से…
काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा कुल पुँजीगत बजेटको ७९ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको कुल पुँजीगत खर्च बिनियोजनको ३ खर्ब ३५ अर्ब मध्ये २ खर्ब ६७ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यता चालू खर्च भने ८६ दशमलब ६५ प्रतिशत भएको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ९६ अर्ब खर्च भएको छ । सरकारले गत वर्ष चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो । सरकारले गत वर्ष लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । गत आर्थिक वर्ष लक्ष्यको १०० दशमलब १८ प्रतिशत राजस्व संकलन गएको…
क्वालालम्पुर: मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
दुनै, डोल्पा : डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैंले गोली चलाई घाइते भएका थिए । आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए । डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए । उनले…
पोखरा: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आज गण्डकी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भने, “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ, हाम्रोमा विकासका सम्भावना असाधारण छन्, तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ ।” प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा प्रशस्त सम्भावना रहेको भन्दै सो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचूर सम्भावना भएको, नेपाल एकीकरणको ऐतिहासिक प्रारम्भिक थलो रहेको बताए । उनले तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ भएको बताउँदै ती सम्भावनालाई उचित प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र…
काठमाडौँ: महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई आज जेल चलान गरेको हो । महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए ।
काठमाडौं: जुम्लाको सरकारी अस्पतालमा २० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याईएको छ । बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज साँझ जारी गरेको एक विज्ञिप्ति अनुसार अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सिफारिसका आधारमा उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । डा. केसीलाई अपरान्ह ३ बजेर ४० मिनेट जाँदा सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जनाए पनि काठमाडौं भने साँझ ७ बजे ल्याईपुर्याएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार…
काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले आज बिहिबार नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् । घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपातकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमको साथै,रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भनि कार्यक्रम आयोजित गरिएको थियो । यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने उद्देश्यको साथ पूर्व…