Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि शुक्रबार बिहान ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३०…
काठमाडौँ: तेत्तिस किलो सुन प्रकरणमा अबैध सुनमा लगानी रहेको आशंकामा सरकारी समितिले ललितपुरका एक होटल संचालक तथा ब्यापारी अकबर शाहलाई पक्राउ गरेको छ । पक्राउ पर्ने शाह यसघि राजधानीमै गोलि हानी हत्या गरिएका जमिम शाहका भतिजो हुन् । समितिले उनलाई नियन्त्रणमा लिएर साेधपुछ आज शुक्रबार पनि जारी राखेको छ । समितिका एक सदस्यका अनुसार शाहको पनि यस सुन तस्करीमा लगानीकर्ताको भूमिका रहेको फेला पारिएको छ । शाह मकबुल शाहका छोरा हुन् जो दुबईमा ठेकेदारको काम गर्छन । यस्तै, सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भन्ने मोहनकुमार अग्रवाल अझै पनि फरार छन्। अहिले अग्रवालको पक्राउ गर्न टोली सक्रिय छ। एमकेसहित उक्त…
काठमाडौँ: नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिलकेशरी शाह नियुक्त भएका छन्। नबिल बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। शाह फागुन ४ देखि कामु सिइओ रहँदै आएका थिए। २०७४ माघ १८ मा नबिलले डेपुटी सिइओको रुपमा उनलाई नबिलमा ल्याइएको थियो । नबिलले यसअघि शाहलाई सिइओमा नियुक्त गरेकाे भए पनि नेपाल राष्ट्र बैंकको नियमका कारण रोकिएको थियो। वाणिज्य बैंकका सिइओहरुले एउटा बैंक छोडेर अर्को बैंक सिइओको रुपमा काम गर्न जाँदा ६ महिनाको कुलिङ पिरियड पार गर्नुपर्ने नियम छ। सोहि कारण पूर्ण सिइओ नपाएका शाहलाई डेपुटी सिइओको भूमिकामा बैंकले भित्र्याएको थियो। स्टान्डर्ड चार्टड बैंक…
जाजरकोट: जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ । म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ । औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका हुन् । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण हुने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले कोकाकोला १२ बोतल, फ्यान्टा २८ बोतल, स्प्राइट १५ बोतल, फ्रुटी एक दर्जन, भुजा सात प्याकेट, ५३ प्याकेट भुजा, मसला…
काठमाडौं: विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना समर्थकहरुले लिओनल मेस्सीको आफ्नो टिमको उद्दार गर्ने अपेक्षा गरेका थिए । तर, गोलकिपर बिली क्याबलेरोले त्यो अपेक्षामाथि पानी खन्याउने काम गरे । उनको गल्तीमा क्रोएसियाका एन्टे रेबिकले सुरुवाति गोल गरेका थिए । त्यसअघि गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा मेस्सी मैदानमा कहिले यता त कहिले उता भौतारिरहेका थिए । तर, सब्सिच्युटका रुपमा आएका गोन्जालो हिगुइन…
काठमाडौँ: सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी थिए । रेलमार्ग सञ्चालनका लागि गरिनुपर्ने पूर्वतयारीका बारेमा छलफल भएको विभागको भनाइ छ । छैन रेल ऐन नेपाल र भारत जोड्ने रेलमार्ग सञ्चालनको लागि तयार हुने क्रममा रहे पनि सरकारले हालसम्म रेल ऐन तयार गर्न सकेको छैन…
कञ्चनपुर: बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् । नर्सरीमा तीन लाख रुपैयाँ लगानी गरेर रानाले बिरुवा बिक्री गरी १० लाख रुपियाँ आम्दानी गरेका छन् । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गर्नुभयो । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका छन् । नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न ४० हजार रुपियाँ अनुदान उपलब्ध गराएको कृषि…
बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बैंकको मुख्यालय बेइजिङमा सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिए । उनले लगानीकर्तालाई नहच्किन पनि भने । प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताएका थिए । (रासस)
काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनएस चिह्न राखेको अनुगमनमा भेटिएपछि कम्पनीलाई शिलबन्दी गरी कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । “कम्पनीले स्वीकृति नलिई वर्षौंदेखि आफ्नो उत्पादनमा एनएस लोगो छापेर सामान बिक्री गर्दै आएको फेला परेको छ,”– महानिर्देशक पुडासैनीले भने । गुणस्तरबाट एनएस चिह्न लिन…