Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा बिहिबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने । बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५/०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई…
पर्सा : सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।
विराटनगर: विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्दै हानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए । एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न…
राजविराज: विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए । पक्राउ परेकाको साथबाट छवटा विद्युत् मिटर, दुईवटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए । पक्राउ परेकालाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ राजस्व तिराइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, राजविराजले…
काठमाडौँ: सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला सवारी साधनलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । मन्त्रिपरिषदले २०७३ भदौ ८ गते गठित प्राविधिक समितिको सिफारिसको आधारमा उक्त सडकमा ठूला सवारी साधनलाई इजाजत दिने निर्णय गरेको थियो । तर सर्वोच्चले उक्त समिति गठनको विषयमा परेको रिट सर्वोच्चमा विचाराधीन रहेकाले त्यसको आधारमा निर्णय गर्नु त्रुटीपूर्ण हुने ठहर गरेको छ । सर्वोच्चले यातायात व्यवस्था विभागबाट २०७३ असार १० गते…
काठमाडौं: नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ । समाचारमा लेखिएको छ, निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन विमानस्थल अवतरण हुने छ । पत्रपत्रिकाबाट
काठमाडौं: बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य को मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्तुमा पनि व्यवसायीले मूल्य बढाएका छन् । जानकारका अनुसार बजेट भाषणलगत्तै मूल्य बढ्दैन । बजेट भाषण हुने दिनमा भन्सार नाकाहरू बन्द हुन्छन् । जसले गर्दा सामान भित्रिन पाउँदैनन् । बजेटको भोलिपल्ट सामान भित्रिए पनि उपत्यका आइपुग्न दुई दिन लाग्छ । सामानहरू भन्सारमै थन्किए पनि…
काठमाडौँ: अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो । त्यति बेला रञ्जितकुमार गुप्ताले सिआईबीलाई दिएको बयान अनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए । महानरीय प्रहरी अपराध महाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो…
भक्तपुर: कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए । उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।” नतिजा प्रकाशन…
काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा विहिबार ३४ करोड ५९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । १६५ कम्पनीका ४ हजार १५९ कारोबारबाट सात लाख ८ हजार १४७ कित्ता सेयर कारोबार भएको छ । नेप्से परिसुचात आज १४ दशमलव ६१ अंकले घटी एक हजार तीन सय ७ दशमलव ६६ अङ्कामा झरेको छ । आज ब्यापार समुहका बाहेक अन्य समूहहरु राता भएका छन् जसमा सबैभन्दा इन्स्योरेन्स समूह ११५ दशमलव ७२ अंकले, उत्त्पादनमुलक समूह २५ दशमलव २ अंकले र होटल समुह २२ दशमल ३१ अंकले घटेका छन् । त्यस्तै, नेप्सेमा ठुलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह १२ दशमलव ३४ अंकले घटी एक हजार…