Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

फिक्कल (इलाम): यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा…

Read More

काठमाडौं: मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । गत चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड ब्रेक गर्दै मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुन १ लाख ३७ हजार ५ सयमामा कारोबार भएको थियो त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ…

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोल अबदेखि प्रतिलिटर १ सय ७८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ६१ रूपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन। नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए। “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने। सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त…

Read More

काठमाडौँ: शिक्षा मन्त्रालयले चिकित्‍सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदनले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाललाई पत्र लेख्ने निर्णय गरेको छ। सोमबार शिक्षा मन्त्री सुमना श्रेष्ठले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन तथा कारबाही सिफारिस गरिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखिएको हो। उक्त पत्र लेखेर अख्तियारलाई पठाइसकेको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार हरिश भट्टले जानकारी दिए। ‘प्रतिवेदनलाई कार्यान्वयनमा लग्ने भनेर पहिल्यै निर्णय भइसकेको हो। तर कारबाही सिफारिस भएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन र छानबिनका लागि अख्तियारलाई पत्र लेख्ने मन्त्रीस्तरीय निर्णय भएको हो,’ उनले भने। जाँचबुझ आयोगको प्रतिवेदनले ४३ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ। २०७४ वैशाख…

Read More

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो । उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको…

Read More

काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ। बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकका क्रेडिट कार्डवाहक ग्राहकहरुलाई यो योजना ल्याएको हो। आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ। बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो। उक्त ग्राहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। साथै, यो योजनामा आवद्ध…

Read More

काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ । साउदी २ खेलमा १ मा जित र १ मा…

Read More

काठमाडौँ: काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ। धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग सोमबार दिउँसो १:५७ बजे ‘ब्रेक थ्रु’ भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका हुन्। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्। त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो भएको छ। २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ। यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी…

Read More

काठमाडौँ: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए। विश्वदीप बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै पछिल्लो नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे माओवादी केन्द्रमा फर्किएका हुन्।

Read More