Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसि पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज ३० गते एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्। उक्त भेटमा अर्थमन्त्री खनालले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरे । मन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए । एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणासमेत गरे । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञाशा…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट आज पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २.५६ र डिजेलमा ०.२५ ले घटेर आएको निगमले जनाएको छ। निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ। निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६।५० रुपैयाँ कायम भएको छ।

Read More

काठमाडौँ: नेपाल लगातार दोश्रो पटक विश्व कप क्रिकेट टी-२० मा पुग्न सफल भएको छ/ आज साँझ भएको नेपाल र ओमनबीचको खेलमा नेपालले ओमानलाई ३८ रनले हराए संगै नेपालले इंडिया र श्रीलंकामा हुने विश्वकप क्रिकेट खेल्न निश्चित गरेको हो/ टस जितेर ब्यटिङ्ग गर्न आएको नेपालले कुशल भुर्तेलको ५१ बलमा ६९ रनको मदतले ओमन सामु १५२ रनको लक्ष प्रस्तुत गरेको थियो/ जवाफु ब्याटिङ्गमा आएको ओमानले भने २० ओभरमा ओमानले जम्मा ९ विकेटको क्षेतिमा ११३ रन मात्रै जोड्न सक्यो/

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गरेका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको बताए । ‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु’, उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रश्न समेत गरे । ‘हामी छाड्दैनौ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन’, उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन सही छ भनेर कहीँ कतै सोच्न नसक्ने बताएका छन् । साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचन पनि नहुने बताएका छन् । वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै उनले यस्तो बताएका हुन् । ‘चुनाव हुनेवाला छैन, यो सरकारले चुनाव गराउने बाटो पनि समातेको छैन, अवैध सरकार हो यो,’ ओलीको भनाइ छ । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो बताएका हुन् । ‘अहिले लुरुक्क, कान खसाएर, असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनलाई मान्ने ?’ ओलीले भने, ‘ हामीलाई यस्ता कुरा मान्नै दिँदैन । कतै यो…

Read More

काठमाडौँ । प्रतिनिधिसभा विघटनका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका फरक–फरक धारणा आएका छन् । सभामुख देवराज घिमिरेले बुधबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग गरेको छलफलमा कांग्रेस र एमालेका फरक फरक धारणा आएका हुन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए । ‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको…

Read More

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ, केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन्’ उनले भने, ‘एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौं, त्यसमाथि अरु निवेदन पनि आइरहेका छन् ।’ गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण…

Read More

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने । यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान…

Read More

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।

Read More

काठमाडौँ: इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि सेनालाई गाजा सहरमा हमासबाट सात बन्धक फिर्ता लिएको जानकारी दिएको बताएको छ। ती सात जनामा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्। रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्‍याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ। जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ। यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दु:खको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन्। इजरायलसँग भएको युद्धविराम…

Read More