Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ । यस लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको छ । नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो यस लगानी तथा परिचालनले ग्लोबल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय,…

Read More

काठमाडौं । सचिन दास र उदय सहारानको शतकमा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो । भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट हुन पुगेका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल…

Read More

काठमाडौँ: आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। नेपालले आजको खेलमा तिन खेलाडी परिवर्तन गरेको छ। सेमिफाइनल चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल आजको खेलमा भारतसँग खेल्दै विश्वकप यात्रा अन्त्य गर्नेछ।

Read More

काठमाडौँ: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आव्हान गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आव्हान गरेको हो । कर्जाका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीले परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ । स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिम आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ । जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुहुन यो सूचना…

Read More

काठमाडौँ: नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार शनिवार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाइएको हो । ‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ । बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने जानकारी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौमसविद गोविन्दकुमार झाका अनुसार आज र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुनेछ । बिहीबार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र…

Read More

काठमाडौँ:व्यापारी अरुण चौधरीलाई पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप व्यवसायीहरूले लगाएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारको यो शैलीले व्यवसायमा गम्भीर असर पार्ने बताएका छन्। ‘अरुण चौधरी देशकै लब्धप्रतिष्ठित उद्योगी हुन्। उनी देश छाडेर जान लागेका थिएनन्,’ उनले भने, ‘निजी क्षेत्रलाई नै त्रसित बनाउने काम सरकारले गरेको छ। निजी क्षेत्रलाई सरकारले मानमर्दन गर्ने काम गर्‍यो।’ अग्रवालले देशको पुँजीका लागि निजी क्षेत्रको ७७ प्रतिशत योगदान रहेको बताउँदै यो घटनाले गम्भीर सन्देश गएको बताए। ‘सरकारले पछिल्लो समय निजी क्षेत्रलाई पनि नीति निर्माणमा सहभागी गराउनु राम्रो छ’, उनले भने, ‘तर सरकाले निजीक्षेत्रको उपदेयता…

Read More

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ। जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दुवैजनालाई सीआईबीले किर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो। सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई…

Read More

काठमाडौं: प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापासहित सीजी चाँदबागका दुई संचालक एबम व्यसायी अरुण चौधरी र चाँदबाग स्कुलका अध्यक्ष संजय ठाकुरलाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ । सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान…

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ भने उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ ।समितिका एक सदस्यका अनुसार, सुरुमा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । समितिका एक सदस्यका अनुसार, घटना भएको बेलाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र त्यसबेला आसपासमा रहेका अन्य अधिकृतहरुसँग समेत बयान लिएर छानबिनपछि कारबाहीका लागि सिफारिस गरिएको…

Read More