Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताउनुभयो । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हामी सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताउनुभयो । ‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता यहाँको विशिष्ट पहिचान हो ।’ मन्त्री डा. महतले…

Read More

काठमाडौँ, १३ माघ : गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा भोलि माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो । कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, “यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकाको तापक्रम आज (शनिबार) यो वर्षको अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो। ‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भनिन्। यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस देखिएको थियो। आज त्यसभन्दा पनि तल झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ। तापक्रम घटेकाले आज बिहान काठमाडौँ उपत्यकामा निकै कठ्यांग्रिँदो चिसो महसुस भइरहेको छ। मौसमविद् नगरकोटीका…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफा रहेको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…

Read More

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट…

Read More

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि…

Read More

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा नेपालले यू–१९ विश्वकपमा अफगानिस्तानलाई १४५ रनमा अल आउट गरेको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्नलाई १४६ रनको मध्यम लक्ष्य पाएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भयो ।अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए । एक समय अफगानिस्तान २०.३ ओभरमा ८८ ८ को अवस्थामा पुगेको थियो । नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दैै १५० रन कटाएका थिए ।…

Read More

काठमाडौँ, १२ माघ : संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

Read More