Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुँदैछ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो । गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ । काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

Read More

काठमाडौं: भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । डुङ्गा डुब्दा छ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । डुङ्गामा २७ जना सवार रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गगरेका छन् । उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताउनुभयो । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उहाँले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताउनुभयो । ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भन्नुभयो…

Read More

बागलुङ: मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि भाषणका लागि मञ्चमा उक्लन लागेका बेला हातपात प्रयास भएको हो । हातपात प्रयास गरेको भन्दै बागलुङ प्रहरीले बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ । ‘दुर्गा प्रसाई मञ्चमा उक्लिने क्रममा हातपातको प्रयास भएको हो,’ बागलुङका एसपी योगेन्द्र कुमार खड्काले भने । हातपातको प्रयास गर्ने गौतमलाई पक्राउ गरिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारले जनाएको छ । उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गगरेका छन्। प्रचण्ड आज बिहान कतार एअरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी…

Read More

काठमाडौँ: आज पनि देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनदेखि देशका पहाडी क्षेत्रका कतिपय ठाउँमा हल्का वर्षा भइरहेको छ। यतिबेला देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) तराई मधेशका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण आज तराई मधेशको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुनसक्ने असरबाट जोगिन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

Read More

काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो । आज सार्वजनिक गरिएकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहनुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।…

Read More