Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१…

Read More

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जाहेरवाली साबालिग रहेपनि बलात्कार भएको ठहर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ । जाहेरवालीको उमेर पुगेको भएपनि गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई क्रिकेटर सन्दीप लामिछानेले करणी गरेको भन्दै त्यसलाई सहमतिको करणी…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए। महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस: मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए। वर्तमान सरकारमा कांग्रेसका ९ मन्त्री छन्। केन्द्रीय समिति बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो। हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए। समयअभावका कारण अन्य मन्त्रीले धारणा राख्न…

Read More

काठमाडौँ: हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक-दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ। शुक्रबार दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश आंशिक बदली रहने छ। शनिबार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने…

Read More

काठमाडौं । पोखरा थन्डर्सलाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३ औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भए पनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो । पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए । ओमालाजा करिमले हानेको फ्रिकिकमा कप्तान अनन्त तामाङले बक्सका हेड गरेका थिए । त्यो बल पोखराका खेलाडीले भेटे पनि क्लियर गर्न सकेनन् । जसलाई ६ यार्ड बक्स भित्रै कुशलले भेट्टाए र बललाई जाली चुमाए । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले विभिन्न ६१ वटा उद्योगको बक्यौता विवरण सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार कार्यक्रम आयोजना गरी उक्त विवरण सार्वजनिक गरेका हुन्। घिसिङले विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेका छन्। २०७२ साउनदेखि पुससम्मको ९७ करोड। (त्यतिबेला विद्युत प्राधिकरणले डेडिकेटेडको महसुल तोकेपनि महसुल निर्धारण आयोग, हालको नियमन आयोगबाट स्वीकृत भएको थिएन।) यस सम्बन्धमा सर्वोत्तम सिमेन्टले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो अवधिको अतिरिक्त शुल्क नलिन आदेश गरेको थियो। २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म ६ अर्ब बक्यौता छ। यो बक्यौता उठाउनै पर्ने प्राधिकरणको तर्क छ। विगतमा पनि सरकारी उपसमिति तथा संसदीय समितिलेहरूले बक्यौता…

Read More

काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइले निरन्तरता पायो । सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ । सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानून व्यवसायीहरुले पालो पाउनेछन् । सन्दीपका कानून व्यवसायीहरुको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो पाउनेछन् । त्यसपछि इजलासले निर्णय सुनाउनेछ ।

Read More

गहुँको समर्थन मूल्य ३,६५० प्रतिकिण्टल काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् । कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् ।यस्तै, प्राविधिक शिक्षा तथा…

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन् ।उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिइन् । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उनले भनिन्, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।”गत मङ्सिर २१…

Read More

काठमाडौँ: नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले आज (बिहिबार) देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ…

Read More