Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरूरी नै छैन। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस्।” “विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर…

Read More

काठमाडौँ: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो “ कम्तीमा पनि दैनिक चार घण्टा सरकार, मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् । म पनि नियमित काम छाडेर अन्य भेटघाटमा लाग्दिन, तपाईहरु पनि सोही अनुसार गर्नुस् ।” ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गर्नुभयो । नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उहाँले…

Read More

काठमाडौं: पछिल्लो समय सात दिनसम्म निरन्तर बढेको सेयर बजारमा बिहीबार करेक्सन देखिएको छ । सात दिनसम्म १९३.२७ अंकले बढेको बजारमा बिहीबार ३२.७७ अंकको करेक्सन देखिएको हो । कारोबार खुल्नासाथ ओरालोको बाटो तय गरेको परिसूचक कारोबार बन्द हुँदा ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेकोे छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर…

Read More

काठमाडौँ: सरकारले कुल जनसंख्याको ० दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिहरु अल्पसंख्यकमा पर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ दफा-२ (ख) को प्रयोजनका लागि अल्पसंख्यक जातिहरु तोकेको हो । बैठकपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजातिहरुलाई अल्पसंख्यकमा सूचीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार यस्तो सूचीमा दलित समुदायअन्तर्गत पर्ने जातिहरु भने पर्ने छैनन् । बैठकले सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने अपांगता भएका व्यक्तिसम्बन्धी…

Read More

काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाँचवटा चिनियाँ हवाई जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलाम बढाबढमा बेच्न लागेको हो । यी चिनियाँ हवाई जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ । त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ । निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन…

Read More

काठमाडौं: सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । न्यायपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका हुन् । नियुक्त हुनेमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

Read More

काठमाडौँ: सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेकाे छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो। यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो। सरकारकी प्रवक्तामसेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्नेछन्। त्यसमा सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो। किसानले यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। उखुको न्यायोचित मूल्य माग गर्दै सर्लाहीका किसानले विगत दुई सातादेखि चरणवद्ध सडक संघर्ष गर्दै आएका छन्।

Read More

काठमाडौं: मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिए । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्री ठीक ढंगबाट नभएको बताएका छन् । मंगलबार राज्य व्यवस्था समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘मैले एनसेलको सेयर खरिद बिक्री प्रकरणको विश्लेषण गरिरहेको पनि मैले बुझेको छु । समितिको एकिन राय प्राप्त भएपछि सरकारले मुद्रा सटही, कर प्रशासन लगायतका विषयमा नयाँ कदम चाल्नेछ, मलाई शुरुमा नै यो ठिक ढंगले भएको छैन भन्ने लागेको हो,’ उनले भने । त्यस्तै, सरकार यो विषयमा गम्भीर र संवेदनशील रुपमा लागेको र कानुन तथा कर प्रणाली अनुसार छ खरिद बिक्री भएको छ वा छैन भन्ने विषयमा लागि परेको उनले बताए । ‘विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको…

Read More