Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
रेसुङ्गा (गुल्मी) : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थाल्नुभएको छ । सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन”, उहाँले भन्नुभयो, “ पुरुष कम हुन थालेपछि हाम्रै समूह…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा सातवटै प्रदेशका सभापतिहरुसमेत सहभागी हुनेछन् । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यस्तै सांसदहरू र संसदीय कार्य समीक्षा, महाधिवेशनको विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप तथा पार्टीले अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने रास्वपाले जनाएको छ । यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक जाजरकोटमा भूकम्प गएर जनधनको क्षति भएपछि स्थगित भएको थियो । रास्वपाले यही मंसिर २ देखि ४ गतेसम्म घरदैलो…
काठमाडौँ: सरकारद्वारा एकै पटकमा ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। को कहाँ?स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय काली प्रसाद पराजुली-…
काठमाडौँ । नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ । आक्रमणपछि भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । उनले ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले उनीहरूको नाम समेत जानकारीमा आएकाले उनीहरू पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
काठमाडौं: सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ’, अर्थमन्त्री डा.महतले भने । लगानी सम्मेलन आयोजना गर्नका लागि…
काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । कात्तिक ३ गते मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।
काठमाडौँ: आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर ६ गते डलरको भाउ १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो। नेपालको दुई तिहाई व्यापार भारतसँग छ । भारत र नेपालबीच स्थिर बिनिमय दर भएकाले डलर बढ्दा पनि ठूलो असर नपर्ने विज्ञहरुले भनाई छ । डलरको मूल्य बढ्दा घाटाहरु धेरै भएपनि बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी…
जनकपुरधाम: अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ। राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ। प्रदेशका आठ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय…
स्याङ्जा: स्याङ्जामा यस बर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो । गएको वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । सुन्तला उत्पादनमा कम भए पनि मूल्यमा भने धेरै कमी नआउने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यो बर्ष सुन्तला पातलो फलेको छ तर दानाको आकार ठूलो छ त्यसैले मुल्यमा धेरै फरक पर्ने अवस्था छैन ।”सुन्तलको उत्पादन घट्नुको प्रमुख कारण प्राकृतिक रहेको प्रमुख लम्सालको भनाई छ । एक बर्ष…
काठमाडौँ:शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका दुर्गा प्रसाईंको अभियानमा सामेल करिब २ सय जनालाई प्रहरीले रिहा गरेको छ। प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले करिव २ सय २० जनालाई पक्राउ गरेको थियो। ती मध्ये करिब २ सय जनालाई रिहा गरेको र २० जना भने हिरासतमै रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। ढुंगेलका अनुसार दुर्गा प्रसाईंका अराजक गतिविधिमा पहिलेदेखि नै संलग्न र बिहीबारको आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई भने प्रहरीले नछाडेको हो। उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरी बृत्तका हिरासतमा राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए। प्रशासनले अनुमतिबिना कार्यक्रम…
