Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) ले अब राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका अरू दलहरूले गर्ने व्यवहारमा भर पर्ने बताएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको बताए। ‘उहाँहरूले सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्री अन्तर्गत् सुरूमा समाजवादीलाई दिने सहमति गर्नुभएको थियो,’ नेपालले भने,‘रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। रञ्जितालाई मनाउन सक्नुभएन। हाम्रा साथीहरूले सकेको गरे।’ उनले सुदूरपश्चिममा भएको राजनीतिक घटनाक्रममले आफूलाई खुसी लागेको बताए। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको छ। कांग्रेस र समाजवादीको समर्थनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सुशासन, राष्ट्रिय एकताको पक्षमा काम गर्ने शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको बताए। ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ। सरकार बन्दैन,’ उनले भने। अध्यक्ष ओलीले वामपन्थी एकता नामको नक्कली कुरा भइरहेको पनि बताए। ‘कतिपय नक्कली कुरा गर्नेहरू छौं। कम्युनिस्ट, वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु, देशभक्ति, प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम–कर्तव्य हो, हामीले बुझेका छौं। त्यो बुझेर नै हामीले दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौं। विस्तारबाट, एकता, एकीकरणबाट। त्यसलाई तोडेर…

Read More

काठमाडौं: कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् । वैशाख ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ३ वैशाख : विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ । गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास,…

Read More

काठमाडौँ, ३ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ ।

Read More

काठमाडौँ: काठमाडौँ, ३ चैतः एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

Read More

सल्लेरी (सोलुखुम्बु) : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गर्नुभयो । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले…

Read More

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै…

Read More

काठमाडौँ: प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त…

Read More