Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिकरूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको…
काठमाडौँ । न्यायपरिषद्मा तानिएका तीन न्यायाधीशहरूमाथि विस्तृत छानबिन हुने भएको छ । उनीहरूमाथि गरिएको प्रारम्भिक छानबिनमा कैफियत देखिएपछि विस्तृत छानबिन गरिने भएको हो । यसरी विस्तृत छानबिन गरिने न्यायाधीशहरूमा अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइराला रहेका छन् । छानबिनबारे आजै राजपत्रमा प्रकाशित गरिने भएको छ । छानबिनका लागि आनन्द मोहन भट्टराईको अध्यक्षतामा प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहने गरी समिति गठन गरिएको छ । न्यायाधीश अम्बिका निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाई एवं मिटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिएको फैसलामा कैफियत देखिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला पछिल्लोपटक बाबुराजा रावल अपहरण काण्डका प्रतिवादी दुर्गा बहादुर…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् । प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ । योगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र…
अव बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा लागु हुन बाँकी काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ । ‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा…
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरूपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ ।’ उनले राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको समेत बताए । अर्को वर्षदेखि बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने समेत उनले बताए । उनले भने, ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’ अर्थतन्त्रको…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताउनुभएको हो । बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उहाँले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिनुभयो । त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न थालेको जानकारी दिनुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘कृषिमा राज्यको लगानी घटेको छैन तर उत्पादकत्व बढेको छैन। सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ। प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिँदैछ। दूध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ। तर, यी सुधारले मात्रै कृषि क्षेत्रले फड्को मारिहाल्ने अवस्थामा हामी छैनौं।’ किसानहरूलाई समयमै ४ लाख १…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै आफूले नीतिगत सुधारदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विभिन्न काम गरेको बताउँदै सोचेजस्तो काम भने नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भने कार्यशैली बदल्दै नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता सम्बोधनबाट गरेका छन् । प्रधानमन्त्रीले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । स्वास्थ्य विमाको दायरा विस्तार गर्नुका साथै सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिने उनले बताए । देशवासीका नाममा सम्बोधन…
काठमाडौँ: नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले गलत काम गरेको बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै विवादमा रहेको विषय समाधानको प्रयास नै नगरी विद्युत काटिएको उनले बताएका हुन्। उनले विगतका वर्षहरूमा नियमित तर्फको सबै बिजुलीको पैसा उद्योगीले तिरेको बताउँदै बिल नतिरेको आधारमा लाइन नकाटिएको दाबी गरे। ‘उद्योगीले नियमित र तोकिएको समयमा बिजुलीको पैसा तिर्दै आएका छन्, डेडिकेटेड र ट्रंकको नाममा पछि पठाइएको बिल जुन होइन भनिएको छ त्यही बिलको विवाद हो,’ अग्रवालले भने। उनले प्राधिकरणसँग निवेदन दिएको र बिजुली चलाएको उद्योगीले शुल्क तिर्ने कुरामा आफ्नो फरक मत नरहने बताए। सिमेन्ट उत्पादक संघका…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ। महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गरी प्राधिकरण र उद्योगीबीचको विवाद समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको हो। विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टाइम अफ दि डे (टीओडी) मिटर आदिको अध्ययन गरी निष्पक्ष राय दिनका लागि आयोग गठन गरिनुपर्ने महासंघको माग छ। बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले ९ वटा उद्योगको लाइन काटेपछि महासंघले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो। लाइन काटिएको विरोधमा महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त पत्रकार सम्मेलन गर्ने भनिएकामा तीन संस्था एकै…
