Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो । सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए । भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने । थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए ।
राष्ट्रिय समाचार समिति (रासस)कीर्तिपुर, १० फागुन : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १० फागुन : त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिनुभयो ।
काठमाडौं: बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३…
काठमाडौँ: संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो । आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीको राजीनामा माग गरेको छ । बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै मुख्य विपक्षी एमालेलगायत रास्वपा र राप्रपाले संसद बैठकमा सरकारको विरोध गरेका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए । बैठकको सुरुमा बोल्दै पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए । बैठकमा सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको हो । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको…
सल्लेरी (सोलुखुम्बु): नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ । जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शौचालय गत मङ्सिर १७ गतेदेखि सुरु गरी माघ १८ गते निर्माणसम्पन्न गरेको हो, पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङको सल्लाह, सुझावमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ…
बढी भएको उर्जा राष्ट्रिय ग्रिडमा पनि जोडिने काठमाडौं, फागुन २१नेपाली सेनाको पाँचखाल, काभ्रेपाल्चोकस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा १८५ केभी हाइब्रिड सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ ।अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको ग्लोबल पिस अपरेशन इनिसिएटिभ (जीपीओआई) को सुरक्षा कार्यक्रम अन्तर्गतको सहयोगमा हाइब्रिड सोलार पावर प्यानल बिपीओटीसी, पाँचखालमा बुधबारदेखि जडान गरी प्रयोगमा ल्याएको हो ।अमेरिकी राजनीतिक-सैन्य मामिला ब्यूरो (पीएम) का कार्यक्रम र सञ्चालनका प्रमुख उपसहायक सचिव राचेल शिलरले बुधबार बीपीओटीसी परिसरमा आयोजित विशेष समारोहमा नयाँ जडान गरिएको हाइब्रिड सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उपसहायक सचिव शिलरले नेपाली सेनाको बीपीओटीसीलाई सोलार पावर प्यानल स्थापना गर्न सहयोग गर्न…
काठमाडौँ । ‘नीतिगत भ्रष्टाचार’ गरी नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पत्र दर्ता भएको छ । अधिवक्ता कुमार मगर र भरत कार्कीले संयुक्त रुपमा दर्ता गरेको निवेदनमा गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई नेपाल राष्ट्र बैंक ऐन र खरिद ऐन विपरीत सवारी साधनको सुविधा दिने गरी कार्यान्वयनमा ल्याइएको कार्यविधि खारेज गर्न माग गरिएको छ । सो कार्यविधि खारेजीका लागि दायर निवेदन पत्रमा आन्तरिक आदेशसहित परमादेशलगायतका आदेश वा पुर्जी जारी गरी पाउन माग गरिएको कार्कीले जानकारी दिए । यसबारे रातोपाटीले…
