Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
मालपोत कार्यालय डिल्लीबजारले बाँसवारीको छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ। बुधबार सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद वाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिन भित्रमा उपस्थित हुन पत्र पठाएको हो। भूमि सुधार तथा मालपोत कार्यालय डल्लीबजारले ठाकुरलाई पठाएको पत्रमा च्याम्पियन फुटवेयर प्रालिको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ५८ को क्षेत्रफल ०४६०७.२० बर्गमिटर कित्ता नम्बर १६ को ००४८७ बर्गमिटर जग्गा सरकारको नाममा फिर्ता गराउने उल्लेख छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माघ २२ गते पठाएको पत्र अनुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिनुभयो । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।” बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र…
काठमाडौँ । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको उल्लेख गरिन् । उनले भनिन्,‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाक सेवाको संगठन संरचना परिवर्तन…
काठमाडौँ, २५ माघ : कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो । क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा सात चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए ।…
काठमाडौँ: पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् । आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ । सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले डेढ घण्टा बयान दिएर फर्केका छन् । बिहीबार बयान दिन पुगेको भवनमा उनी गृहमन्त्री भएर काम गरेका थिए । आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका छन् । सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरुसँग…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको बताउनुभयो ।‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक…
काठमाडौँ: निर्माणाधीन नागढुंगा सुरूङ अब ३० मिटर खनेपछि ‘ब्रेक-थ्रु’ हुने भएको छ। आयोजनाले आगामी फागुन २३ गते मुख्य सुरूङ ब्रेक-थ्रु हुने मिति तय भइसकेको जनाएको छ। मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापतिसहित सदस्यहरूले सुरूङ अनुगमन गरेका थिए। अनुगमनका क्रममा समिति सभापति प्रकाश पन्थले आयोजनाको काम के कसरी अघि बढिरहेको छ भनेर अनुगमन गरिएको बताए। ‘समयमै सक्नुपर्छ भन्ने हो। अनुगमन गर्दा पनि निकै काम बाँकी रहेछ। एक वर्ष लाग्छ भनेको छ सक्न,’ उनले भने। आयोजनाको मुख्य सुरूङ फागुन २३ गते ब्रेक-थ्रु भए पनि सवारी आवतजावत गर्न मिल्ने गरी काम सकिने थप एक वर्ष लाग्ने आयोजनाको जापानी परामर्शदाता कम्पनी…
उपत्यकाबाट मात्रै ३२ करोड काठमाडौँ: चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । सो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजश्व सङ्कलन गरिएको हो । उक्त राजश्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेस प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णाली…
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो । भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् । ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् । यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् । भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ ।
