Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् । यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन । खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिएका थिए । न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा उच्च अदालतकै…

Read More

काठमाडौं: सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका बीच राजीनामा दिएका थिए । पाण्डेको राजीनामासँगै सिग्देल बढुवाका लागि दाबेदार बनेका थिए । रथी बढुवाका लागि दोस्रो पटक जंगीअड्डाले सिग्देललाई अघि सारेको थियो । जंगीअड्डा हुँदै गएको प्रस्ताव रक्षा मन्त्रालय हुँदै बिहीबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

Read More

काठमाडौं: बैंकहरुलाई मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेनमा कर तिर्नु पर्ने भएको छ । यस्तै एफपीओको प्रिमियमबाट बोनस सेयर दिएको भए त्यसलाई पनि आय मानेर कर तिर्नुपर्ने भएको छ । यस्तो कर बैंकहरूले मंसिर मसान्तभित्रै अर्थात दुई दिनभित्रै तिर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक मार्फत मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियबाट बोनस सेयर जारी गरेको भए आयकर दाखिला गर्नुपर्ने वयवस्था गरेको थियो । सरकारले पूँजीमा कर लिन खोजेको भन्दै सरकारविरुद्ध बैंकहरुको तर्फबाट परेको रिट अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो । गत १५ जेठमा…

Read More

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर…

Read More

काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन् ।

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेशी तोकिएको हो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बसस्टप निर्माण गर्ने भएको छ। २९ औं महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो। त्यस अवसरमा यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज संचालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी भइरहेकोबारे जानकारी दिइएको थियो। यससँगै, दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा…

Read More

काठमाडौं: प्रहरीले अध्यागमनका अधिकृत नरविन खड्कालाई पक्राउ गरेको छ। भिजिट भिसामा नक्कली कागजपत्र बनाएर नेपाली नागरिकलाई विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसाधान कार्यलयको टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, प्रहरीले नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई पनि यो गिरोहमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ। आज पक्राउ पर्नेमा अर्बिन यादव छन् भने हिजो नै प्रहरीले होमनाथ पोखरेललाई पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार अध्यागमन र वायु सेवा निगमका कर्मचारीहरुले नक्कली कागजपत्र भएको थाहापाउँदा पाउँदै सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ। प्रहरीले विभिन्न कन्सल्टेन्सीका ६ जना संचालकलाई पनि पक्राउ गरेको छ। उनीहरुले पनि नक्कली कागजपत्र…

Read More

प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो । महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमासमेत पूर्णतया रोक लगाएको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले यसअघि काठमाडौं महानगर भित्र यस्ता वस्तुको बिक्री वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने र व्यापारीमाथि अधिकतम कारबाही समेत हुने बताएका थिए ।

Read More

काठमाडौं: नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो । मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ । बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको…

Read More