Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा…

Read More

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’ कुन कुन देशमा बन्द छ…

Read More

काठमाडौं: यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर…

Read More

काठमाडौँ: भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब दुई करोड ५१ लाख मूल्यबराबरको क्षेती शुपन्छीतर्फ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसत मूल्यमा मूल्याङ्कन गरी क्षतिको विवरण निकालेको हो । मन्त्रालयद्वारा जारी बिज्ञप्ति अनुसार, भूकम्पबाट जाजरकोटमा करिब २ करोड १८ लाखबराबरको पशुधन क्षेती भएको छ भने रुकुम पश्चिममा करिब ३३ लाख १८ हजार बराबरको पशुधन क्षेती भएको अनुमान गरिएको छ । जाजरकोटमा ११ गाई गोरु, १९ राँगा भैसी, १६८ भेडा बाख्रा र ४५९ पन्छीसहित ६२२ पशुपन्छीको मृत्युहुँदा करिब ५९ लाख ७७ हजार बराबरको क्षती भएको…

Read More

सर्लाही: सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रुपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ । प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्रि फेज मिटरको छट्के जाँच गरेको थियो । त्यसमध्ये ४०भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो । प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने,…

Read More

काठमाडौँ, २४ कात्तिक : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले दिनुभएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)मुगु, २४ कात्तिक : मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

Read More

काठमाडौं: नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९÷८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको सीएनआईका उपाध्यक्ष हेमराज ढकालले जानकारी दिए । उनका अनुसार पूर्ण कार्यान्वयन भएका बुँदा मात्र ११ (१८ प्रतिशत) रहेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो ४७ प्रतिशत हो । चालु आर्थिक वर्ष २०८०÷८१ का लागि भने सीएनआईएले बजेटका कुल ७३ वटा बुँदामा बजेट वाच गर्दैछ ।…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा महँगी ७.५ प्रतिशतले बढेको छ । गत वर्ष सोही महिनामा महँगी ८.५ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा खाद्य तथा पेय पदार्थको मूल्य ८.३८ प्रतिशतले र गैरखाद्य पदार्थको मूल्य ६. ८१ प्रतिशतले बढेको छ । खाद्य पदार्थ अन्तर्गत सवैभन्दा धेरै मरमसलाको मूल्य ३७.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै चिनी तथा चिनीजन्य बस्तुको मूल्य १८.२२ प्रतिशत फलफूलको मूल्य १४. ०२ प्रतिशत दुग्ध पदार्थको मूल्य ११. ९२ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा महिनामा घ्यू…

Read More