Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन्। छेन्दुमा उनलाई सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन्। बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा…

Read More

तुलसीपुर (दाङ) : फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् । कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताउनुभयो । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उहाँको भनाइ छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट…

Read More

सिन्धुली: सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो । भ्यानमा सवार अधिका‌श शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा छन् । यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर…

Read More

काठमाडौँ: पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको छ। उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच सहमति भएको हो। श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि यही असोज ७ गते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया दुराको उपचारका क्रममा भोलिपल्ट दिउँसो मृत्यु भएको थियो। त्यसपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकलाई आक्रमण गरेका थिए। त्यसयता दुवै पक्ष आन्दोलनरत थिए। सो विषयमा पीडित परिवार, स्थानीय बुद्धिजीवी, भद्र भलाद्‌मी, मणिपाल शिक्षण अस्पतालका सञ्चालक, कर्मचारी र चिकित्सकसमेतको सहभागितामा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुई पक्षबीच ६ बुँदे…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हिँडेरै इन्द्रजात्रामा जाने भएका छन्। सुरक्षा ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ। अत्याधिक भीडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रपतिलाई सुरक्षा चुनौती हुने भन्दै नेपाली सेनाले भने विशेष सुरक्षासहित गाडीमै वसन्तपुर जानु उपयुक्त हुने बताएको छ। राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन्। राष्ट्रपति पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्दैछन्। काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका, जापानलगायतका देशका २० महानगरका प्रमुख र उपप्रमुखसहितका पाहुनाहरु काठमाडौं…

Read More

काठमाडौँ: गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । कास्कीमा घटेको घटनामा दोषी…

Read More

काठमाडौँ: नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले दैनिक ल्याउन पाउने सुनको कोटा बढाएको छ । यसअघि दैनिक दश किलो मात्रै ल्याउन पाउनेमा त्यसलाई बढाएर २० केजी पुर्‍याइएको हो । निधारित सीमाका परिमाणमा नबढ्न गरी आयात गर्न सकिन मूल्यका दृष्टिकोणले मितव्यया तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिने बैंकले जनाएको छ । तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न नपाइने पनि बैंकले स्पष्ट पारेको छ ।

Read More

काठमाडौं: नेपालमा ५७ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी भए पनि भारतको लगानी सबैभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ अनुसार नेपालमा २०७९ असार मसान्तसम्म ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४…

Read More

काठमाडौं: नेपालमा ग्रीन क्याल्सियम एमोनियम नाइट्रेड मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ। लगानी बोर्ड र रिनिकोला एसडीएन बीएचडी (मलेसिया)बीच समझदारीमा पत्रमा हस्ताक्षर भएको हो। लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले मल कारखाना स्थापना सम्बन्धी विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ। रिनिकोलाले विजुली प्रयोग गरेर मल उत्पादन गर्न ०७९ पुस २४ गते प्रस्ताव पेश गरेको थियो। सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार कम्पनीले प्रस्ताव गरेको हो। सो प्रस्तावका आधारमा बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले कम्पनीलाई…

Read More