Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि गरिब र निमुखासम्मलाई एउटै हुने दाबी गरेका छन्। शनिबार गोरखाको सिरानचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यविरुद्ध झेलि गर्नेहरूलाई कानुनको घेरामा ल्याइने बताए। ‘हामीले एउटा नयाँ अभियान सुरु गरेका र्छौं। न्याय वा कानुन खाली एउटा गरिब र निमुखालाई मात्रै लाग्छ, ठूला नेता, मन्त्री, सचिव वा पदाधिकारीहरूलाई कानुन लाग्दैन भन्याजस्तो जुन बुझाइ थियो त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि कोही दोषी छ भने मन्त्री भएपनि, नेता भएपनि, सरकारी पदाधिकारी, कर्मचारी भएपनि कसैले छुट पाउन सक्दैन। माथिबाट दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिएको छ।’ साथै, उनले…

Read More

काठमाडौँ: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर० लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र…

Read More

काठमाडौँ: अमेरिकाको विभिन्न शहरबाट नेपाल आइपुगेका पर्यटक काठमाडौं भेला भए। नेपालका विभिन्न शहर घुमेर भुटानहुँदै अमेरिका फर्किने प्याकेज तयार भयो र यसको समन्वय गर्‍यो, ए एण्ड के ट्राभल एजेण्ड कम्पनीले । धुलिखेलहुँदै सुरु भएको अमेरिकन पर्यटकको नेपाल बसाईं त्रिशुलीमा र्‍याफ्टिङ, सात वटा हेलिकप्टरमा सगरमाथा आधारशिविर पोखरासम्म घुमेर शनिबार पोखराबाटै ड्रुक एयरलाइन्स चार्टड गरेर भुटानहुँदै अमेरिका फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दास्रो चार्टड उडान हो । गत असार ६ गते बुधबार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एयरबस-३१९ विमान पोखरा अन्तर्राष्ट्रिय मिानस्थलमा अवतरण गरेको थियो । पोखरा फेवातालमा भएको ड्रागन बोट फेस्टिभलमा सहभागी हुन ३५ जना पर्यटक पोखरा…

Read More

पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन्। ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्नेछ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो । नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने…

Read More

काठमाडौँ: बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।…

Read More

काठमाडौं: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा संरक्षण क्षेत्र भित्रका नदीनालामा एकभन्दा बढी जलविद्युतआयोजना निर्माण गर्न नपाउने व्यवस्था राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको प्रारम्भिक मस्यौदामा संरक्षण भित्रका नदीमा एउटामात्रै आयोजना बनाउन पाइने, क्षमता वृद्धि गर्न नपाइने र ५० प्रतिशतमात्रै पानीको उपयोग गरेर आयोजना विकास गर्नुपर्ने उल्लेख छ । त्यस्तै सीमा नदी भएमा २५ प्रतिशत पानी छोड्नुपर्ने र संवेदनसिल क्षेत्रमा आयोजना विकास गर्नै नपाउने गरी मस्यौदा तयार पारिएको छ । विभागले बिहीवार सरोकारवालाको राय संकल गर्ने उदेश्यले आयोजित कार्यक्रममा इप्पानका उपमहासचिव प्रकाश दुलालले नियमावलीको मस्यौदा हेर्दा ऊर्जा विकासमा निकै बाधक रहेकोले इप्पानका…

Read More

काठमाडौँ: लगानी बोर्ड नेपालले स्थापनाको १२ वर्ष अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ । बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि बोर्डले लगानी स्वीकृत गरेको हो । यस अवधिमा प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको हो । यस्तै धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने ९००…

Read More

विराटनगर: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । एमाले नेृत्वको सरकारलाई राप्रपाले पनि समर्थन गर्ने भएको छ ।

Read More

काठमाडौँ: सरकारले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन नीतिगत सुधार गर्ने र निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन भइरहेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्दै तोकिएको अवधिभित्र सम्पन्न गर्न सहजीकरण गर्ने बताएको छ । लगानी बोर्डको १२ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन् । “हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगायत निजी लगानी बढाउन निरन्तर काम गर्नेछौं ।” उनले भने । एफडिआई नीतिमा आवश्यक लचकता हुनेगरी नीति सुधार गर्न र पीपीपी अन्तर्गतको बिल्ड–ओन–अपरेट–ट्रान्सफर (बूट) मोडालिटी बाहेक अन्य मोडालिटी मार्फत परियोजनाहरु विकासमा सरकारले…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने बताएका छन् । २०औँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्रै मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका…

Read More