Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष…
काठमाडौँ: नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ। बिबिसी हिन्दीका अनुसार बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले दैनिक जागरण पत्रिकाका संवाददाता विमलकुमार यादवलाई गोली हानेका हो। अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन्- चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएका थिए। उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएका छन्। गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ। हामी अपराधीलाई खोजीरहेका छौं। सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो। उक्त हत्याका एकमात्र साक्षी विमल थिए। विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो;
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले मजाकको विषय बनाएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दैनिङ १८ घण्टासम्म लोडसेडिङको अवस्थालाई अन्त्य गरेको बताएका हुन् । ‘विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सवलाई सम्बोधन गर्न यस रोस्ट्रममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए…,’ उनले भने, ‘त्यस्तो बेला मैले ३ महिनाभित्र…
काठमाडौं : बैंक बचतको व्याजदर बढेर फेरी १२ प्रतिशत नजिक पुगेको छ । भदौ १ गतेदेखि लागू हुने गरी ग्लोबल आईएमई बैंकले ११.८९६ प्रतिशत व्याज दिने भएको छ । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिना देखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन् । यसै अनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक फरक रहेको थियो । बैंकहरुले भाद्र महिनाको लागि ब्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक ब्याजदर प्रकाशन गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले…
बुटवल : रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ।अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको लगानीमा नयाँ कम्पनीले खरिद गरेसँगै रिसोर्ट नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको हो। अब नयाँ व्यवस्थापनका साथ ६० दिनभित्र रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन गरिने हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले विदेशी लगानी रहेको रिसोर्ट बन्द भएमा यसबाट विदेशी लगानीकर्तालाई नराम्रो सन्देश जाने भएकाले ४ अर्ब रुपैयाँमा रिसोर्ट खरिद गरिएको बताए। उनले हाल रिसोर्टमा ४ जना आबद्ध भई पुरानो कम्पनीबाट सम्पूर्ण स्वामित्व लिएर नयाँ व्यवस्थापनमा रिसोर्ट सञ्चालन गर्न लागिएको बताए। कुल…
झलनाथ खनाल/राससभजनी (कैलाली), १ भदौ : कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । “नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो”, चौधरी भन्नुहुन्छ, “अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।” टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको…
राष्ट्रिय समाचार समिति(रासस)दमक, १ भदौः नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो । अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उहाँले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १ भदौ ः आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गर्नुभएको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ । लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताउनुभयो । “चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो । मिलन आले मगर निर्देशन…
काठमाडौँ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेयता संसद् बैठक अवरोध गर्दै आएको छ ।
काठमाडौं: अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो । सूचना प्रकाशित भएको मिति (२०८० भदौ १ गते)देखि २१ दिनभित्र…
