Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम व्यवस्थापनको मंगलबारको बैठकले मूल्य समायोजन गरेको हो। भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निर्णय अनुसार डिजेलमा एकैपटक प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ। यस्तै, मट्टीतेलमा पनि १४ रुपैयाँ नै मूल्य बढाइएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको छ। नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो बर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १७७ र तेस्रो बर्गमा १६८ रुपैयाँ कायम हुनेछ।यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम हुनेछ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बताए । नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको…

Read More

राष्ट्रिय समाचार समिति (रासस) भक्तपुर, ३० साउनः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा…

Read More

काठमाडौँ: आगामी मंसिरमा काठमाडौंमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्ज सेन्टरको संयुक्त आयोजनामा मंसिर ५ देखि १० गतेसम्म भृकुटीमण्डमा प्रदर्शनी आयोजना गरिने छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ अनुसार प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसियाली मुलुकको सहभागिता हुने छ । सामाजिक रूपान्तणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता हुने महासंघकका महासचिव शिवसागर शर्माले जानकारी दिए । चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई…

Read More

सिन्धुपाल्चोक: मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले बगाएकाे छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनको गुनासो थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनको भनाइ थियो । ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्‍याइरहेकाे…

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गाल्न सुरु गरिएको छ । राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो जसलाई सोमबार ब्रेक सुबाट निकालेको थियो । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रकृया सुरु गरिएको हो । गाल्नुअघि उक्त सुनमा टासिएको कालो पदार्थ झिकिने छ । एक क्विन्टल बढी सुन भएको अनुमान गरिएको भए पनि जोख्दा भने ६० किलो हाराहारी मात्र भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक…

Read More

काठमाडौँ: सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले सिआइबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन माग्नु भनेको अहिलेको छानविनलाई प्रभावित पार्नु भएकोमा एकमत रहेको उनले बताए । बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्ण बहादुर महराको नाम जोडिएको बिषयमा छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराउनुभएको पाण्डेले बताए । त्यस्तै गौरहत्या प्रकरणमा आफुहरुलाई निशाना बनाएको भन्दै जसपाका नेताहरुले…

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरिरहेको ब्युरोका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए। ‘उहाँलाई बोलाएर बुझ्ने काम भइरहेको छ। अनुसन्धानको आवश्यकताअनुसार काम भइरहेको हो,’ उनले भने। पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए। गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट…

Read More

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीले पाउन बाँकी सबै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री महतले सोमबार निर्माण व्यवसायीसँगको छलफलमा मन्त्रालयमा बिल प्राप्त भएको १५ दिनभित्र रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका हुन्। ‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ। हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं,´ महतले भने, `सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो। बिल उठाएका आयोजना सबैको भुक्तानी हुन्छ।´ मन्त्री महतले कुन आयोजना कस्तो अवस्थामा छन् र त्यस्ता आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्यांक पेश गर्न निर्माण व्यवसायीसँग आग्रह गरे। ‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल…

Read More

काठमाडौँ: जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो । यससँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ ।

Read More