Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ। आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूची तयार पारिएको छ। जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन्। नक्कली भुटानी शरणार्थी प्रकरणका कारण एमालेका निलम्बित सचिव टोपबहादुर हिरासतमा छन् भने नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद शर्मा काठमाडौं जिल्ला अदालतको आदेशपछि शुक्रबार रिहा भएका छन्। सय किलो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर…
काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका डाक्टर प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रबक्ता नवराज अधिकारीले जानकारी दिए । प्रहरीले उनी लगायत अन्य ७ जनालाई साउन २६ मा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका थिए। यस प्रकरणमा कांग्रेस संसद सुनिल शर्मासहित यादव छुटेका छन्। प्रवक्ता अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । आइतबार नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि…
राष्ट्रिय समाचार समिति (रासस) भरतपुर (चितवन), २९ साउन: नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न…
राष्ट्रिय समाचार समिति (रासस)म्याग्दी, २९ साउन ः मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको बताउनुभयो । “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उहाँले भन्नुभयो, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको…
काठमाडौँ: कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज (सोमबार) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ। पूर्वपश्चिम राजमार्ग जोड्ने कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
काठमाडौँ: सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ । सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन् । हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका…
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जल वाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै साथै बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पछिल्लो समय थालेको भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै नेताहरू परेपनि अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री र पदाधिकारीहरूबीचको अनौपचारिक बैठकमा अध्यक्ष समेत रहेका प्रचण्डले आफ्ना नेताहरूको नाम जोडिएकोप्रति चासो राखेका हुन्। ‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भने, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’ उनले दोषी देखिए पार्टीका ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिए। ‘गृहमन्त्रीजी यहीँ हुनुहुन्छ, त्यसरी जोडिनुभएका नेताहरूलाई सीआईबी लगाएर छानबिन गर्नुस्। दोषी भए पार्टीका ठूलै नेता भए पनि छाड्दिँन, जेल जान तयार भएर…
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयाे । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भन्नुभयाे, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’ हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ राम्रो काम गर्ने…
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन ३ गते बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको जनाएका छन्। ‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ।’ एमालेले ई-सिगरटे प्रकरणमा…
