Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभर विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो । ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ। यही साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासंघका पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुगेका ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रलाई विद्युत उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रहसमेत गरे । यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका तथा पटक–पटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् । अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन…
काठमाडौँ: सय किलो सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट पक्राउ परेका छन्। हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्। उनीहरूको नाम लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले जानकारी दिए। त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ। राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको गरिएको हो। सो क्रममा वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल भएको थियो । यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिनुभयो । उहाँले…
काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउने? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगी रोगको रोकथाम, पशुमा फैलिरहेको लम्पी स्किन रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए। आज बस्ने संसदीय दलको बैठकमा छलफल गर्ने एजेन्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीबार दिउँसो बसेको थियो। नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा आफ्ना सांसद सुनिल शर्मा…
काठमाडौँ: आज पनि मुलुकका विभिन्न भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहनुका साथै भारतको बिहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ। रातिपनि मुलुकका धेरै स्थानहरूमा…
काठमाडौँ: नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको जानकारी पहिलोक्लिकलाई दिएका छन्। नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। ‘उहाँलाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी छानबिनको प्रक्रियामा छौँ, अहिले थप बोल्न मिल्दैन।’ सांसद शर्मा पक्राउ परेकोबारेमा सीआईबीले भने औपचारिक पुष्टि गरेको छैन। उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाइसकेको छैन। सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्। क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०/८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्। ‘सरकार भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरु अत्तालिएका छन्। सरकारले अझै भ्रष्टाचारविरोधी कदम चालोस् भन्ने पक्षमा जनता छन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्। प्रधानमन्त्री प्रचण्डले दोषी नछुटुन र निदोर्ष नपरुन् भन्ने पक्षमा सरकार रहेको पनि बताए। साथै, उनले यही सरकार, कर्मचारीतन्त्र र यीनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने संकल्प लिनुपर्ने मन्त्रीहरूलाई बताए। प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे एक वर्षे कार्यसम्पादन सम्झौता ‘यही सरकार, कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने…
