Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो । बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषय प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ । ‘धेरै विषयमा छलफल भयो तर निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ’, तिमिल्सिनाको भनाइ छ ।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका १६ जनामध्ये १५ जनाले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् । उनीहरुको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतले गरेको आदेशको विवरण झिकाउने आदेश दिएको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले यो प्रकरणमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । कैफियत प्रतिवेदन भनेको मुद्दा र त्यसमा भएको कारबाहीको सक्षिप्त विवरण हो । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने हालसम्म उच्च अदालतमा निवेदन दिएका छैनन् । ‘अहिलेसम्म १५ जनाले निवेदन दिनुभयो,उहाँहरुको हकमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ, अहिलेसम्म टेकनाथ रिजालको…

Read More

काठमाडौँ: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

Read More

काठमाडौं: नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वालउद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिने छ ।…

Read More

काठमाडौँ: मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ। अपराह्न ४ बजे बस्नेगरी डाकिएको सो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने प्रमुख एजेन्डा रहेको छ। आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन्। छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो। आज बस्ने संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। किनकि उनी वरीयताक्रममा अगाडि छन्।

Read More

सभामुखले डाके परामर्श समितिको बैठक काठमाडौँ:संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने भएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण हिजो बस्दै नबसी स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूचीमा?त्यसअघि मध्याह्न १२ बजे बस्नेगरी सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। यसअघि आजै बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए। ‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण…

Read More

काठमाडौं: निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएको छैन । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउन उनले माग गरे । व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करीका बारेमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् । संसद भवनमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए । ‘कुन निकायले छानबिन गर्नुपर्ने हो ममाथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु’ उनले भने, ‘म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।’ पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि…

Read More

काठमाडौं । प्रमुख दलहरुबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । १० साउनमा नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक तोकेका थिए । संसदको अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र…

Read More

उच्चस्तरीय समिति बनाउन पुनको आग्रह काठमाडौँ, १५ साउन :प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । बैठक प्रत्यक्ष प्रसारण हुन्छ यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दैै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिनुभएको थियो ।

Read More