Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री दाहाल यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा…

Read More

काठमाडौँ: देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो । गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म ८८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले राससलाई जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष यसै समयमा २० प्रतिशत कम रोपाइँ भएको हो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा गोरुमा लम्पी स्कीन रोग देखिएका कारण रोपाइँमा ढिलाइ भएको पनि उनले बताए । सुदूरपश्चिम प्रदेशमा भने करिबकरिब रोपाइँ…

Read More

काठमाडौँ: सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए। चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्। ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ। युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता…

Read More

काठमाडौं: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रीट खारेज भएसंगै सर्वोच्चले नै यसै मुद्धामा पहिले साउन ४, २०७९ मा जारी भएको अन्तरिम आदेश पनि खारेजमा जाने भएको छ । यसअघि, १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको थियो। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो। हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार, २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।

Read More

काठमाडौं: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ । हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार, २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा लड्न सक्नेगरी राउतको पक्षमा आदेश दिएको हो । ‘….निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ । अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान भने रोक लगाएको छ । यद्यपि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५…

Read More

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए । भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।

Read More

काठमाडौँ: गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि सँगै छन् । उप–प्रधान एवं गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले रातोपाटीलाई बताए । उनले भने– ‘निरीक्षण सकेर अहिले ब्रिफिङ हुँदै छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको…

Read More

भरतपुर, ५ साउन (रासस) :चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ । चितवनमा आर्थिक वर्ष २०७९\८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट रु चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च…

Read More

काठमाडौँ, ५ साउन (रासस): शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली चलचित्र ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गर्नुभएको छ । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागि रहेको निर्देशक राईले जानकारी दिनुभयो । “यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ”, निर्देशक राईले भन्नुभयो । यसमा भुवन सिङ्ह राईले लेख्नुभएको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिनुभएको हो । काठमाडौँमा जिजिए…

Read More