Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए। भेटमा दुई पार्टीबीच एकता, पुस २६ मा सरकारलाई विश्वासको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए। माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी भइरहेको छ। गत मंसिरको चुनावमा नेपाल समाजवादीका उम्मेदवारहरू पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिई उठेका थिए। समानुपातिकतर्फ उम्मेदवार पनि माओवादीकै बन्दसूचीमा समावेश गरिएको थियो।…

Read More

काठमाडौँ: सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य हुनुहुन्थ्यो । कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं…

Read More

काठमाडौँ, २३ पुस: पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताउनुभयो । “यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छाैँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।” उहाँले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताउनुभयो । अध्यक्ष ओलीले संसद् अधिवेशन…

Read More

काठमाडौँ २३ पुस:उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताउनुभयो । यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने स्पष्ट निर्देशन दिइसक्नुभएको छ । सो समारोहमा गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ…

Read More

पाटन, २३ पुस :राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो । हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो । उहाँले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गर्नुभएको थियो । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुग्नुभएको थियो । पिम्बहाः मा उहाँले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु…

Read More

काठमाडौँ, २३ पुस :कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Read More

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा सम्युक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजनाकाठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सम्युक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् ।प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा…

Read More

पहिलोक्लिक समाचारदाताकाठमाडौँ, पुष २२: नागार्जुन नगरपालिका १ नम्बर वडाले रानीवनमा स्थायी बसोबास गर्दै आएका एकल महिला, आर्थिक अवस्था कमजोर रहेका र अशक्त महिलाहरुलाई ४८ थान ब्ल्यांकेट (कम्बल) वितरण गरेको छ। अभियानको क्रममा वडाका वडाध्यक्ष रामेश्वर लामा र अन्य वडाका जनप्रतिनिधिहरुसमेतले संयुक्त रुपमा वडाका नागरिकलाई ब्ल्यांकेट वितरण गरेका हुन्। अभियान वडाकै पहलमा भएको र जाडोबाट सुरक्षित र न्यानो रहन कम्बल वितरण गरिएको वडा अध्यक्ष लामाले बताए।जनप्रतिनिधिहरुले नागरिकका घरघरै पुगेर र प्रत्यक्ष भेटघाट गर्दै कम्बल वितरण गरेका हुन्। १०० वटा छाडा कुकुरको बन्ध्याकरणत्यसैगरी, नागार्जुन नगरपालिकाले वडामा रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । दुई दिनसम्म चलेको अभियान अन्तर्गत वडा…

Read More

काठमाडौं: चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल निर्वाचति भएका छन् । २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचनबाट आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्रमश हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ तथा दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले उपप्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा अन्तरिम आदेश नदिने भएको छ। शुक्रबारको संवैधानिक इजलासले उनको नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नहुने निर्णय गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। अदालतले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ। लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएको तर उनले पुरानै नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै मुद्दा परेको थियो। कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको थियो। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण…

Read More