Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने जनाइएको छ। एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए। स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ। स्थायी कमिटी बैठकमा नेताहरु प्रमेश हमाल, जयन्ती राई, डा। बेदुराम भुसाल, प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल,…
काठमाडौँ: इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइतबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ। यस्तै डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै, मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ। मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ। हाल…
काठमाडौँ: दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । “आज सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको छ”, यादवले भन्नुभयो । दूधको मूल्यवृद्धि स्थगन भएको बारे राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध…
दोधारा चाँदनी: कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।” उहाँका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो…
काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उहाँको भनाइ थियो । “विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उहाँले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताउनुभयो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धिकाठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ ।
काठमाडाैँ: हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा सफलतापूर्वक अवतरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ । यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । त्यसपछि विमान आजै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा…
काठमाडौँ: प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गरेका हुन्। कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय प्रदेश प्रमुखले दिएका हुन्। ‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी…
काठमाडौँ: सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । अप्पर अरुण आयोजनाका लागि भोटखोलामा २ हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ । १ हजार ६१ मेगावाट जलविद्युत उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ । आयोजनाले प्रभावित क्षेत्रका ३३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । उनका अनुसार…
