Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन माग गरेको छ । केन्द्रिय बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आवेदन माग गरेको हो । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि ०७७’ मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरिएको हो । राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसकेको छ । राष्ट्र बैंकबाट प्राप्त हुने पुनरकर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ…

Read More

काठमाडौँ: पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज आइतबार चरणबद्ध आन्दोलन थालेकाे छ। प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम सुरु गरेकाे हाे। यसअन्तगर्गत वकिलहरुले कालाे पट्टी बाँधेर धर्ना सुरु गरेका छन्।

Read More

काठमाडौँ: यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो । …

Read More

डडेल्धुरा, १४ कात्तिक : दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ । बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) लुम्बिनी आउँदैछिन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गर्ने कार्यक्रम रहेको बताए । लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीका अनुसार म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १.९ मिटर लम्बाई र ६० सेन्टीमिटर चौडाई तथा १ हजार ८ सय किलोको छ । म्यानमारमा बनाइएको यो…

Read More

काठमाडौँ: जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् । १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो सहरमा आयोजना हुने कार्यक्रम थियो । तर, कोभिडको कारण स्थगित भएको थियो । २५औं सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो । विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो। सम्मेलनका क्रममा महत्वपूर्ण…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

Read More

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।’ मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’ उनले भने,…

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् । शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’ केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा भएको उनको भनाइ थियो । ‘ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिने रु किन संसद विघटन गर्न ?’ उनले प्रश्न…

Read More