Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न…
काठमाडौँ: बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ । छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिए । ‘दिनमा एक शिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन सकिदैन । पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि…
काठमाडौं: रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । प्रहरी स्रोतहरुले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको…
हेटौडौं: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । मुख्यमन्त्री शाक्यले राजनीतिक कुरा नै गरिनन् । उनले दशैं, तिहार र चाडपर्वको विषयमा मात्र कुरा गरिन् । मुख्यमन्त्री शाक्यले समाजवादको यात्राको लागि राजनीतिक कुराहरुले मात्रै…
काठमाडौं: पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ भने ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका…
काठमाडौँ: भारतले भुक्तानी लिएको सात महिनापछि बल्ल कोरोना भाइरसविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप नेपाल पठाएको छ। सरकारले गएको फागुनमै अग्रिम रकम बुझाएको खोप भारतले शनिबार मात्रै नेपाल पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गएको फागुनमा सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो। जसमध्ये १० लाख डोज खोप त्यतिबेलै आएपनि १० लाख डोज भने ७ महिनापछि मात्रै नेपाल आइपुगेको हो। भारतले समयमै खोप नदिँदा पहिलो डोज खोप लगाएका लाखौँ नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन्। एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई अब केही दिनपछि नै कोभिशिल्डको खोप दिने तयारी…
काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन्। सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्ले विश्वासको मत लिन लागेकी हुन्। बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ। कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो। हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन्। बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।
काठमाडौँ: साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ । राति ९:४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ । सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् । २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ ।…
काठमाडौं: नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गर्नुभएको छ । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभएको हो । ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो ।’ उहाँले भन्नुभयो ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।’ उहाँले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले…
