Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७० जनाको पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज (असोज १७ गते आइतबार) बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँडफाँड कार्यक्रममा जानकारी दिएको छ । सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३०…

Read More

काठमाडौँ: अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाउने निर्णय गरेको निवर्तमान अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको उनले बताए । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । नेतृत्व चयन हुन नसकेपछि अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

Read More

काठमाडौँ: आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसको नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन्। शनिबार भएको अधिवेशनबाट गौतम सभापति भएका हुन्। उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापानिकट मानिन्छन्। उनी २०४४ सालदेखि नै नेविसंघमा क्रियाशील थिए। उनले अर्थशास्त्रमा एमफिल र समाजशास्त्रमा एमए पनि गरेका छन्। लामो समयदेखि उनी शैक्षिक क्षेत्रमा पनि क्रियाशील थिए।

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेकोप्रति नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीर आपत्ति प्रकट गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काट्ने विद्युत प्राधिकरणको निर्णय दण्डनीय अपराध भएको भन्दै यो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्युत् प्राधिकरणले तार काट्दा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर बिरोध जनाएको हो।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह बनाउने पार्टी अध्यक्ष प्रचण्डले निर्णय लिएका छन्। सो नाम खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको स्रोतले जनाएको छ। जनार्दन शर्मा निकट सिंह क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पनि हुन्। २२ औं राष्ट्रिय अधिवेशनमा रहेका ९ आंकाक्षीलाइ पराजित गर्दै उन्लाइ अध्यक्ष बनाउने निर्णय भएको हो। १४ गतेदेखि सुरु सम्मेलन आज सकिदै छ । सिह लगायतको पदाधिकारीको नाम अहिले १२ बजे हुने बन्दसत्रमा पेस हुँदैछ। ‘पन्चा सिंहलाई अध्यक्ष बनाउने निर्णय पार्टी अध्यक्ष प्रचण्डले लिनुभएको छ, स्रोतले भन्यो, अन्य पदाधिकारीको निर्णय पनि भएको छ, अब १२ बजेदेखि सुरु हुने…

Read More

काठमाडौँ: साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

Read More

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् । खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताउनुभएको छ । उहाँले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताउनुभयो । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोश्रो साधारण सभालाई सनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको दावी समेत गर्नुभयो । ढकालले भन्नुभयो ‘‘सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ ।’’ पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको…

Read More